भारतमा पनि कक्षा १० र १२ को परीक्षा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 12:01:32 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा पनि कक्षा १० र १२ को परीक्षा स्थगित भएको छ । भारतको आईसीएसई र सीबीएसई बोर्डले कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १० र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

आईएसईले १९ देखि मार्च ३१ सम्मका परीक्षा स्थगन गर्न निर्देशन दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  त्यस्तै सीबीएसईले पनि कक्षा १० र १२ को सबै परीक्षा स्थगित गरेको छ । सीबीएसईका सचिव अनुराग त्रिपाठीका अनुसार भारत र विदेशमा सीबीएसईको चलिरहेको परीक्षा मार्च ३१  सम्मको परीक्षा स्थगित भएको छ । 

उक्त स्थगित भएका परीक्षाहरु कहिलेदेखि सञ्चालन गर्ने भन्ने बारे अर्को बैठकबाट तय गरीने भारतीय सञ्चार माध्यहरुले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved