काञ्जीरोवाले अनलाइन शिक्षण सञ्चालन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2020 | 03:03:43 PM मा प्रकाशित

laxmi  sunrise bank

हाल विश्वव्यापी रूपमा फैलिरहेको कोरोना विषाणुका कारण देशभरिका विद्यालयहरूमा पढाइ ठप्प रहेको अवस्थामा राजधानीको कोटेश्वरस्थित काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयले भने अनलाइन माध्यमबाट शिक्षण–सिकाइ क्रियाकलापलाई निरन्तरता दिने भएको छ । कोरोना महामारीका कारण सिर्जित बन्दाबन्दीको परिस्थितिमा पनि विद्यार्थीहरूको पठनपाठनलाई सुचारु राखी उनीहरूको सिकाइलाई नयाँ ढङ्गले प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ । 

यही अभियानको पूर्वतयारीस्वरूप विद्यालयले शिक्षकहरूलाई यसअघि नै गुगल कक्षा सञ्चालनसम्बन्धी प्रशिक्षण दिइसकेको छ । त्यस्तै अनलाइन कक्षालाई प्रभावकारी बनाउन विद्यालयले आगामी वैशाख १० गतेदेखि प्रविधि–प्रयोगको प्रक्रिया र साप्ताहिक तथा मासिक शैक्षिक योजनाबारे विद्यार्थी र अभिभावकलाई समेत सामान्य प्रशिक्षण दिने योजना बनाएको छ । त्यसपछि दैनिक समयतालिका नै निर्माण गरी विद्यालयले विषयगत शिक्षण प्रारम्भ गर्नेछ । 

पठनपाठनका नियमित क्रियाकलापहरू सञ्चालन गर्न विद्यालयले स्कुल एप, फेसबुक, भाइबर, जुम प्रविधि, गुगल कक्षालगायतका उपायहरू अवलम्बन गर्ने योजना बनाएको विद्यालयका प्रधानाध्यापक रञ्जीत थापाले बताए । ‘यिनै प्रविधिको उपयोग गरी विद्यार्थीहरू यो अनिश्चितकालीन अवधिभरि आफ्ना विषयगत शिक्षकहरूसँग नियमित सम्पर्कमा रहेर अस्पष्ट कुराहरूमा स्पष्ट हुन सक्नुहुनेछ’ प्रधानाध्यापक थापाले भने ।

साथै कोराना महामारीको सङ्क्रमणले सिर्जना गरेको अनिश्चितताका कारण वार्षिक परीक्षाफल पनि प्रकाशन गर्न नसकिएको अवस्थामा अभिभावक र विद्यार्थीहरूको लामो समयदेखिको प्रतीक्षालाई सम्बोधन गर्दै विद्यालयले आगामी वैशाख ९ गते स्कुल एपमार्फत् नतिजा प्रकाशन गर्ने योजना पनि बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved