डिशहोमले टेलिभिजनबाटै विद्यार्थीलाई अध्ययन गराउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2020 | 07:26:51 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि ‘‘डिशहोम घरमै क्लास’’ कार्यक्रम सुरु गरेको छ । डिशहोम र ड़ियरवाल्क लर्निङ सेन्टरको सहकार्यमा बैशाख २० गतेबाट कक्षाहरु सञ्चालन हुने जनाइएको छ ।

कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण हुने डिशहोमले जानकारी गराएको छ ।

डिशहोमको च्यानल नं. ११४ मा कक्षा १० को, च्यानल नं.११५ मा कक्षा ९, ८ र ७ को र च्यानल नं. ११७ मा,  कक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्मप्र शारण हुनेछ ।

यसका साथै विगत ६ महिनाभन्दा बढी समय देखि विभिन्न कारणबस डिशहोम रिचार्ज नगरेका ग्राहकहरुकालागि डिशहोमले बैशाख २१ गते देखिलागु हुने गरी ३० दिन सम्मकालागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराउने जनाएको छ।

यसअघि च्यानल नं. ११७ मा,  कक्षा ६, ५ र ४ को पाठ्यक्रम हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved