गाउँगाउँ पुगेर पुस्तक वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2020 | 07:12:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ का विद्यार्थीलाइ गाउँ गाउँ पुगेर किताब वितरण गरिएको छ । वडा शिक्षा समितिको निर्णयअनुसार विद्यालयले वडा नं १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीको घरमै गएर आजदेखि किताब वितरण शुरु गरेको वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिए । 

वडामा आठ विद्यालयमा ६०० विद्यार्थी अध्यनरत छन् । विद्यालयले पुस्तक किनेर गाडी लिइ गाउँगाउँ पुगेर किताब  वितरण गरेको हो । विद्यालयले अहिले आफैँले पुस्तक खरिद गरे पनि पछि सरकारले अनुदान दिएपछि सोधभर्ना गरिने रिसालले जानकारी दिए । 

भर्ना सङ्ख्याका आधारमा पुस्तक वितरण गरिएको रिसालले जानकारी दिनुभयो । कक्षा १ देखि १० सम्म स्वतः भर्ना गरिएको र कक्षा ६ र कक्षा ९ को हकमा भने अन्य विद्यालयबाट आउनेले सम्बन्धित विद्यालयको सबै तथ्याङ्क ल्याएर  भर्ना गरिएको थियो । त्यस्तै घरघरमा पुगेर शिक्षण सिकाइका लागि समन्वय गरिने पनि उनले जानकारी दिए । सामाजिक दुरी कायम गरी घरघरमा गएर गृहकार्य दिने र परीक्षणको व्यवस्था गर्ने विषयमा छलफल गरिने उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved