कक्षा ११ का विद्यार्थीले तिरेको परीक्षा शुल्क फिर्ता हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 06:44:01 PM मा प्रकाशित

laxmi  sunrise bank

कक्षा ११ का विद्यार्थीले तिरेको परीक्षा शुल्क फिर्ता हुने भएको छ । वार्षिक परीक्षा विद्यालय नै लिने भएपछि विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डमा बुझाएको शुल्क फिर्ता हुने भएको हो ।

परीक्षा सञ्चालन तयारीमा भएको खर्चबापत प्रतिविद्यार्थी २ सय रुपैयाँ कट्टा गरी एक परीक्षार्थीले बुझाएको ६ सय रुपैयाँमध्ये ४ सय रुपैयाँ फिर्ता गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । विद्यार्थीहरूले कक्षा ११ को परीक्षाका लागि बुझाएको शुल्क कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिने बोर्डले जनाएको छ ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि अनुसार वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै लिने व्यवस्था छ । कोरोना भाइरसका कारण स्थगित भएको कक्षा ११ को परीक्षा माघभन्दा अगाडि सकिसक्नुपर्ने छ । 

नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मात्रै विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराउनु पर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved