'परीक्षाको मोडालिटीमा केयुलाई उदाहरण मान्न सकिन्छ' युनीग्लोबका प्रिन्सिपल डा. विष्टको विचार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 29, 2020 | 09:33:49 PM मा प्रकाशित

tansen cement

कोरोनाले विश्वको अवस्था मात्र नभई बिगतका दिनचर्या र दैनिकीमा पनि ठुलो परिवर्तन ल्याएको छ। चीनको वुहानमा देखिएको कोरोनाले अहिले विश्वलाई नै आफ्नो चपेटामा लिँदा नेपालमात्र अछुत रहने कुरै भएन। 

नेपालले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न उपायहरु अपनाउदै आएको छ।  चैत ११ देखि सुरु भएको लकडाउन प्रयक्ष अप्रत्यक्ष रुपमा अहिलेपनि उस्तै छ। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले करिब करिब सबै क्षेत्र प्रभावित छन्। दैनिक उपभोगका अति आवश्यक बस्तु तथा सेवासँग सम्बन्धित व्यवसाय आंशिक रुपमा संचालनमा रहेपनि अन्य क्षेत्र ठप्प जस्तै छन्। अन्य क्षेत्र प्रभावित हुँदा महत्त्वपूर्ण क्षेत्रका रुपमा लिईने शिक्षा क्षेत्र पनि प्रभावित छ। चैत ११ यता शैक्षिक सँस्थाहरु बन्द छन् भने शैक्षिक सत्र नै प्रभावित हुने अवस्था सृजना भएको छ। 

यदि कोरोनाको असर हुन्थेन भने अहिले कक्षा ११ र १२ को मात्र नभई बिभिन्न विश्वबिद्यालयका स्नातक तथा स्नातकोत्तर तहका समेत परिक्षा भईसकेको हुन्थ्यो। त्यति मात्र नभई कक्षा ८ को समेत परिक्षा भईसक्थ्यो। तर अहिले सरकारले लिनुपर्ने एसई बाहेकका सबै तहका परिक्षाहरु हुन सकेका छैनन्। 

विद्यालयले गरेको आन्तरिक मुल्याङ्कनलाई प्रमाणीकरण गरी एसईईको नतिजा सार्वजनिक गरीएपछि कलेजहरु अहिले कक्षा ११ मा बिद्यार्थीहरुलाई भर्ना गर्न ब्यस्त देखिन्छन भने प्रि तथा स्कुल संचालकहरु समेत कुनै न कुनै माध्यमबाट बिद्यार्थीहरु भर्ना गर्ने र केहि भएपनि अध्यापन गराईरहेका छन्। 

कोभिड १९ का कारण प्रि स्कुलदेखि मास्टर तह सम्मका कक्षा संचालनमा त्यति कठिनाई देखिएको छैन तर सरकारले लिने परिक्षामा भने अन्यौल देखिएको छ। सम्बन्धित बिद्यालय तथा कलेजहरुले आफुले पढाउनुपर्ने बिषय पठनपाठन सकेपनि सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा परीक्षा भने हुन् सकेको छैन। जसकारण कक्षा ११, १२ देखि मास्टर डिग्रीसम्मका बिभिन्न तहका परिक्षाहरु हुन् सकेका छैनन्। 

अब कसरी अगाडी बढ्ने भन्ने बिषयमा सरोकारवालाहरुले बिभिन्न माध्यम मार्फत सरकारलाई आ आफ्ना बिचार तथा राय सुझाब दिईरहेका छन्। शिक्षा क्षेत्रमा अहिलेको अवस्था र अब के हुनुपर्छ भन्ने बिषयलाई लिएर बिजपाटी डटकमले व्यवस्थापन संकायमा आफ्नो छुट्टै पहिचान बनाएको युनीग्लोब कलेजका प्रबन्ध निर्देशक तथा प्राध्यापक डाक्टर नर बहादुर विष्टसँग कुराकानी गरेको छ। 

विष्ट भन्छन,

परिक्षा नरोकिएको भनेको कुनै तह बाँकी छैन। पढाउँनलाई जुन तहको बाँकी थियो, त्यो पनि सम्बन्धित बिद्यालयले अनलाइन मार्फत नै पढाईसकेका छन्। सबै अब परीक्षाको पर्खाईमा छन्। 

सेमेस्टरमा सबै तहको परिक्षा बाँकी छ। आजको मुख्य समस्या भनेको परिक्षा कसरि लिने भन्ने नै हो। असोजसम्म परिक्षा सक्ने हिसाबले सबै तहले सम्बन्धित बिश्वबिद्यालयमा छलफल गरिरहेका छन्। अहिले परिक्षाका बिभिन्न मोडालिटीमा छलफल भैरहेका छन्। 

परिक्षा लिनका लागि अहिले ओपन बुक टेष्ट, प्रोजेक्टमा आधारित, आन्तरिक मुल्यांकन, क्विज लगायतका मोडालिटीमा छलफल जारि छ। सेमेस्टर प्रणालीमा हरेक कम्पोनेन्टको मुल्यांकन भईराखेको हुनाले सेमेस्टर प्रणालीमा आन्तरिक मुल्यांकनलाई आधार मानेर परिक्षा लिंदा नै सबै भन्दा उपयुक्त हुने देख्छु। 

एउटा सेमेस्टरका लागि आन्तरिक मुल्यांकनलाई नै आधार मानेर ग्रेडिंङ गर्दिने हो भने उपयुक्त हुन्छ। बिबिए एमबिए मा कलेज आफैंले ६० प्रतिशत आन्तरिक मुल्यांकन गर्ने भएकाले यसलाई नै शतप्रतिशत मानेर मुल्यांकन गर्दिने हो भने अहिलेको समस्याको सहजै समाधान हुन्छ। 

निजि मात्र नभई सरकारी कलेजले सेमेस्टर प्रणालीमा पढाउँने बिभिन्न तहका कक्षामा आन्तरिक मुल्यांकन हुन्छ। सेमेस्टर प्रणालीमा के निजि के सरकारी भन्ने कुराले त्यति अन्तर राख्दैन। 

निजि मात्र नभई सरकारी कलेजले सेमेस्टर प्रणालीमा पढाउँने बिभिन्न तहका कक्षामा आन्तरिक मुल्यांकन हुन्छ। सेमेस्टर प्रणालीमा के निजि के सरकारी भन्ने कुराले त्यति अन्तर राख्दैन

तर बार्षिक प्रणालीमा हुने बिभिन्न तहका लागि भने आन्तरिक मुल्यांकन बिधिले समाधान नहुन सक्छ। बर्षमा एक पटक परिक्षा हुने बिबिएस, एमबिएएस, एमए जस्ता कोर्सहरुलाई प्रोजेक्टमा आधारित वा ओपन बुक टेष्ट प्रणालीबाट कुनै एउटा विकल्प दिएर परिक्षा लिंदा उपयुक्त हुन्छ। 

बिद्यार्थीलाई सम्बन्धित बिषयमा आधार रहेर एउटा प्रोजेक्ट बनाउन दिने वा प्रश्नहरु पठाउने र त्यसको जवाफ माग्ने मोडालिटीमा यो विकल्प उचित हुन्छ। अमेरिका, युरोप जस्ता देशहरुमा अनलाइन मार्फत नै परिक्षा लिने अभ्यास छ त्यहि भएर त्यहाँ परिक्षा लिन कुनै समस्या भएन। 

छिमेकी देश भारतले पनि बार्षिक प्रणालीका कोर्सहरुको आन्तरिक मुल्यांकन, ओपन बुक टेष्ट र प्रोजेक्ट मोडालिटीलाई आधार मानेर सबै तहको परिक्षा लिईसकेको छ। हामीले पनि हाम्रो देशको भौगोलीक अवस्था तथा प्राविधिक स्रोत साधनलाई ध्यानमा राखेर भारतकै मोडालिटीलाई पालना गर्दा हुन्छ। अहिलेको जटिल परिस्तिथिमा शैक्षिक सत्र पनि नबिग्रिने, परिक्षा पनि हुने तरिकाले सहज तरिकाबाट परिक्षा लिनुनै उत्तम हुन्छ। 

अहिलेको जटिल परिस्तिथिमा शैक्षिक सत्र पनि नबिग्रिने, परिक्षा पनि हुने तरिकाले सहज तरिकाबाट परिक्षा लिनुनै उत्तम हुन्छ

बर्षमा एक पटक हुने परिक्षाका लागि आन्तरिक मुल्यांकन, ओपन बुक टेष्ट र प्रोजेक्ट मोडालिटी उत्तम हुन्छ भने सेमेस्टर प्रणालीमा आन्तरिक मुल्यांकन नै उत्तम विकल्प हो। आन्तरिक मुल्यांकनलाई सरकारले मान्यता दियो भने सम्बन्धित कलेजहरुलाई ग्रेडिङ गर्न मात्र बाँकी हो। 

बिद्यार्थीलाई जुन मोडालिटीमा सहज हुन्छ त्यहिअनुसार परिक्षा लिने प्रणालीमा छलफल भईरहेको छ। काठमाडौं बाहिर रहेका बिद्यार्थीले आफु नजिकको क्याम्पसमा समपर्क गर्न सरकारले बिज्ञप्तीनै निकालिसकेको छ। बिद्यार्थीले आफुले लेखेको कुरा नजिकको बिद्यालयलाई बुझाउने वा उक्त जवाफ इमेल मार्फत नै सम्बन्धित ठाउँमा पठाउने विकल्प दिईयो भने अहिले उत्तम हुन्छ। 

यसका लागि काठमाडौं विश्वबिद्यालयले परिक्षा लिएको मोडालिटीलाई पनि हेर्न सकिन्छ। केयुले आन्तरिक मुल्यांकनको मोडालिटीलाई नै आधार बनायो। बिद्यार्थीलाई उनीहरुकै घरबाट परिक्षा लिईसक्यो। बिद्यार्थीले घरबाट नै प्रश्नको उत्तर लेखेर त्यसको फोटो खिचेर त्यसलाई इमेल मार्फत पठाए। त्यसलाई नै आधार मानेर सम्बन्धित कलेजलाई ग्रेडिंङ पठाइयो र कलेजले त्यसलाई आधार मानेर ग्रेड पठायो।  केयुले जहाँ आन्तरिक मुल्यांकनमा कठिनाई मान्यो त्यहाँ परिक्षा नै लियो। केयु बाहेक नेपालमा अरु कुनै विश्वविधालयले परिक्षा लिन सकेको छैन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved