पुर्वान्चल विश्वविद्यालयका सबै तहका सेमेस्टर परीक्षा घरबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 09:49:09 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्वान्चल विश्वविद्यालयले सेमेस्टर अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परिक्षा वैकल्पिक विधिबाट संचालन गर्ने भएको छ। विश्वविद्यालयले आज एक सूचना जारि गरि (टाइम–बाउन्ड होम एक्जाम) विधिबाट सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा लिने जानकारी गराएको हो। 

विश्वविद्यालय प्राज्ञिक परिषद्को आइतबार र कार्यकारी परिषद्को सोमबारको बैठकले असोज पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ। 

कोभिड १९ को महामारीका कारण विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परिक्षा दिन नसक्ने भएकाले सेमेस्टर अन्तर्गत स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परिक्षाहरु मात्र वैकल्पिक बिधिबाट संचालन गर्न लागिएको विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा।डा। सूर्यप्रसाद संग्रौलाले जानकारी दिए।

स्थगित तथा संचालन हुन् बाँकी रहेका परिक्षाहरु २०७७ साल असोज महिनाको पहिलो हप्ताबाट संचालन हुने भएको हुँदा आफु अध्ययनरत क्याम्पस, कलेजमा सम्पर्क गर्नलाई बिद्यार्थीहरुलाई आग्रह गरिएको छ। 

परिक्षा कार्यक्रम र परिक्शान संचालन सम्बन्धि निर्देशिका यथाशिघ्र प्रकाशित गर्ने समेत विश्वविद्यालयले जनाएको छ। त्यस्तै बार्षिक तर्फका नियमित तथा आंशिक र सेमेस्टर तर्फबाट आंशिक परिक्षाबारे पछि निर्णय हुने समेत विश्वविद्यालयले जनाएको छ। 


के हो टाइम–बाउन्ड होम एक्जाम ?

यस बिधि अन्तर्गत बिद्यार्थीले घरमै बसेर परिक्षा दिन पाउनेछन्।  विद्यार्थीले विश्वविद्यालयले तोकेको समयसिमाभित्र जवाफ सहितको प्रश्नपत्र क्याम्पस प्रमुख वा केन्द्राध्यक्षलाई इमेलमार्फत पठाउनुपर्ने हुन्छ। 

विश्वविद्यालयले  परिक्षा सुरु हुनु ३० मिनेट पहिले क्याम्पस प्रमुख वा केन्द्राध्यक्षलाई इमेलमार्फत पठाउँछ। र उक्त प्रश्न क्याम्पस प्रमुख वा केन्द्राध्यक्षले परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि परीक्षार्थीको इमेलमा प्रश्नपत्र पठाउँछ। विद्यार्थीले प्रश्नपत्र प्राप्त गरि जवाफ लेखेर पठाउनलाई कुल ५ घण्टाको समय निर्धारण गरिएको हुन्छ। 

इमेलमार्फत पठाएको उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयले  ‘क्लस्टर’ छुट्याएर जाँच्न पठाउँछ। र प्राप्त अंकको आधारमा परीक्षार्थीको मुल्यांकन हुन्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved