कहाँ पुग्यो १ हजार प्रविधिमैत्री विद्यालय बनाउने ओम्नीको ४ अर्बको ठेक्का ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2020 | 10:11:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एक बर्षभित्र एक हजार प्रविधिमैत्री बिद्यालय बनाउने सरकारको योजना करिब करिब अन्तिम अवस्थामा पुगेको छ। अहिलेसम्म ८९८ वटा सामुदायिक बिद्यालयमा उपकरण पुर्याइएको र ७२४ बिद्यालयमा जडान गरिएको नेपाल दुरसंचार प्राधिकरणले जनाएको छ। 

प्राधिकरणकाअनुसार एक हजार सामुदायिक बिद्यालयमा सूचना प्रविधि प्रयोगशाला निर्माण गर्ने योजना अन्तर्गत ७२४ बिद्यालयमा उपकरण जडान गरिसकिएको छ भने ८९८ बिद्यालयमा उपकरण पुर्याइएको छ। 

कोभिड १९ का कारण एक बर्षमा योजना सम्पन्न गर्ने लक्ष्य पुरा नभएको जानकारी गराउंदै प्राधिकरणले अहिले केहि बिद्यालयलाई क्वारेन्टाइन समेत बनाइएकाले बिद्यालय सुचारू भएको ४५ दिन भित्र बाँकी बिद्यालयमा समेत प्रयोगशाला निर्माण भईसक्ने प्राधिकरणले जनाएको छ। 

प्रयोगशाला निर्माण सम्पन्न भईसकेका मध्ये ५० प्रतिशत बिद्यालयको अनुगमन तथा निरीक्षण सम्पन्न भईसकेको र नतिजा सन्तोषजनक आएको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले जनाएका छन्। 

सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि २०७५ अन्तर्गत प्रत्येक संघीय निर्वाचन क्षेत्रमा कम्तिमा ४ वटा सामुदायिक बिद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सरकारको लक्ष्य छ। 

एक हजार सामुदायिक विद्यालयमा प्रयोगशाला निर्माणका लागि सरकारले ९३० विद्यालयको जिम्मा म्याक्स इन्टरनेशनल, ओम्नी बिजनेस र नेपा हिमा ट्रेडलिंकको संयुक्त जेभीलाई दिएको थियो भने उनीहरुसंग २०७५ भदौ २५ मा सम्झौता गरेको थियो। कुल तीन अर्ब ४७ करोड ६९ लाख ७७ हजार ७९५ रुपैयाँ को यस योजना अन्तर्गत ओम्नीले अहिलेसम्म २० प्रतिशत भुक्तानी लिइसकेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved