प्रभु बैंक र केईसीबीच सम्झौता, विद्यार्थीलाई ३ लाखसम्म शैक्षिक कर्जा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2016 | 10:00:08 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं इन्जिनियरिङ कलेजमा स्नातक अध्ययनरत विद्यार्थीलाई प्रभु बैंक लिमिटेडले प्रमाणपत्र धितोकर्जा उपलब्ध गराउने भएको छ। शैक्षिक कर्जा अन्तर्गत बैंकले अधिकतम ३ लाख रुपैयाँसम्म उपलब्ध गराउने सम्झौता भएको छ। 

सम्झौतामा बैंकका प्रमुखकार्यकारी अधिकृत अशोक शेरचन र काठमाण्डौ ईञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक राजेन्द्र शाक्यले एक सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार शैक्षिक कर्जा लिन चाहने बिद्यार्थीले एसएलसी देखिका सबै सक्कल शैक्षिक प्रमाण पत्रहरु बैंकमा बुझाउनु पर्नेछ। 

साथै शैक्षिक कर्जा लिने बिद्यार्थीले भुक्तानी तालिका अनुसार ४ वर्ष भित्र कर्जा चुक्ता गरी आफ्नो सक्कल शैक्षिक प्रमाण पत्रहरु फिर्ता लैजान सक्ने छन। 

यस अघि बैंकले उच्च शिक्षा हासिल गर्नको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको थियो। बैंकले स्वदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको आर्थिक कठिनाईलाई मध्येनजर गरी शैक्षिक कर्जा स्किम सञ्चालनमा ल्याएको जनाएको छ। 

यो सेवाबाट आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई भएका विद्यार्थीहरुलाई अधिकतम लाभ पुग्ने बैंकको विश्वास रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved