आइक्यान र आइसीएआइबीच सम्झौतापत्रमा हस्ताक्षर, नेपालको चाटर्ड एकाउन्टेन्टलाई मान्‍यता! (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 24, 2017 | 03:00:25 PM मा प्रकाशित

laxmi  sunrise bank


नेपाल चार्टड एकाउन्टेन्स संस्था (आइक्यान) र भारत चार्टड एकाउन्टेन्स संस्था आइसीएआइबीच संझौता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलनमा यस सम्झौता बारे जानकारी दिईएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा यस सम्बन्धी सम्झौतापत्र आदान प्रदान भएको हो  आइक्यानका अध्यक्ष प्रकाश जय थापा र आइसीएआइका अध्यक्ष निलेश एस बिकमाश्यले यस सम्बन्धी सम्झौतापत्र आदानप्रदान गरेका हुन।

यससंगै आफ्नै कार्यकालमा आइसीएआइसंगको सम्झौतालाई निरन्तरता दिने पहल गरेका आइक्यानको अध्यक्ष थापाको योजना सफल भएको छ। यस अघि यस्तो सम्झौता सन १९९७ मा सम्झौता भएको थियो भने २००४ मा उक्त सम्झौता सकिएको थियो। 

आइक्यान र आइसीएआइबीचको यस सम्झौताले दुवै देशको चार्टड एकाउन्टेन्टलाई एक अर्काको देशमा मान्यता दिने बाटो खुलेको छ। दुवै देशबीच एमआरए भएको अवस्थामा निश्चित प्रक्रिया पुरा गरेर दुवै देशबाट सीए उत्तीर्ण भएकाले एक अर्काको देशमा सीए संस्थाको सदस्यता पाउनेछन।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved