नेपालमा अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा लागू गर्न सम्मेलन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 25, 2017 | 09:45:10 PM मा प्रकाशित

laxmi  sunrise bank

म्यानेजमेन्ट इन्टिच्यूट फर नेशनल डेभलपमेन्ट (माइण्ड) नेपालले विश्वको शिक्षालाई नेपालमा लागू गर्न ‘एडभान्सएड सम्मेलन’ गरिने भएको छ । माइण्ड नेपालले आज पत्रकार सम्मेलन गरी अन्र्राष्ट्रिय स्तरको उच्च माध्यामिक शिक्षा प्रदायक शैक्षिक संस्था (एडभान्सएड)लाई नेपालमा लागू गर्न सम्मेलन गर्न लागिएको जानकारी दिएको हो । 

सम्मेलनमा माइण्ड नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल प्रधानले नेपालमा प्रथम पटक उच्च माध्यामिक एवम् माध्यामिक शिक्षा समुदायमा शैक्षिक उन्नतीका लागि आगामी आइतबार र्याडिसन होटलमा सम्मेलन गर्न लागिएको जानकारी दिए। 

‘माध्यामिक तथा उच्च माध्यामिक विद्यालयहरुलाई सहयोग गर्नु तथा अधिकतम उच्च गुणस्तरिय शिक्षा प्रणाली नेपालमा लागू गराउनु यस संस्थाको मुख्य उद्धेश्य हो,” प्रमुख कार्यकारी अधिकृत प्रधानले भने। 

सम्मेलनमा माइण्ड नेपालका प्रमुख कार्यसम्पादन अधिकृत सुजन अर्यालले नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय शिक्षासँग जोड्न यो सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिए। “उच्च शिक्षाका लागि दिनहुँ विदेशीने युवालाई स्वदेशमा शिक्षा दिने उदेश्यले सम्मेलन आयोजना गर्न लागेका हौँ,”–अर्यालले भने। 

सम्मेलनमा एडभान्सएडका प्रमुख कार्यकारी अधिकृत डा एन्नेटे बोह्लीङ, एडभान्स एडका एशिया–अष्ट्रेलियका उपाध्यक्ष डा केम हुसैन, एडभान्स एड एशिया–अष्ट्रेलिया क्षेत्रीय निर्देशक डा एन्ने म्यारी उल्सेलगायतले नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनका लागि यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए। 

एडभान्सएडले विश्वका ७० भन्दा बढी मुलुकमा ४० हजारभन्दा बढी उच्च माध्यामिक विद्यालय तथा माध्यामिक विद्यालयमा आफ्नो गुणस्तरिय शैक्षिक प्रणाली लागू गरिसकेको छ । जसमा दुई करोडभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved