कक्षा १२ को परीक्षाफल सार्वजनिक, ४८ हजार ७३६ जना उत्तीर्ण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2017 | 07:22:49 PM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपुर, १५ साउन । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । जसमा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका छन् । नियमिततर्फ एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । त्यसै गरी आंशिकतर्फ एक लाख २३ हजार १२१ परीक्षार्थी परीक्षामा सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका छन् । परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । बोर्डले गत साउन २० गते कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved