सरकारकै कारण ठगिदै वैदेशिक रोजगारीमा जाने कामदार

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 31, 2018 | 12:01:02 PM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक रोजगार विभागले विदेशमा कामदार पठाउँदा तोकिएको भन्दा धेरै शुल्क लिएको भन्दै केही म्यानपावर कम्पनीमा छापा मार्न सुरु गरेको छ । सरकारले विदेशमा कामदार पठाउँदा सेवा शुल्क वापत १० हजार दिन पाउने व्यबस्था गरेको भएपनि म्यानपार कम्पनीले सेवाग्राहीबाट धेरै पैसा लिने गरेका छन् । 

समोबार बेलुक ५ बजे विभागको टोली बसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालीमा पुग्यो । कार्यालय समयभन्दा ढिलो गरी विभागको टोली उक्त म्यानपावरमा पुगेको थियो । 

सो म्यानपावर मार्फत मंगलबार ३५ जना कुवेतका लागी उड्ने तयारीमा थिए । तर उनीहरुसँग उक्त म्यानपावरले प्रतिव्यक्ति १ लाख ८० हजारसम्म पैसा लिएको भनेर उजुरी परेपछि विभागले उनीहरुलाई उद्धार गर्ने उदेश्य सहित सो म्यानपावरमा छापा मारेको थियो । विभागले उक्त मेनपावर कम्पनीको सम्पूर्ण कागजात नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।  

तोकिएको भन्दा धेरै पैसा लिएको पाईएपछि उनीहरुको उडान नै रोकिने सम्भावना बढेको भन्दै विभागले उनहिरुलाई जसरी नि उडाउने लक्ष्य मुताविक छापा मारेको जनाएको छ । ती ३५ जना नै मंगलबार उडेका छन् । 

वैदेशिक रोजगार विभागले उनीहरुलाई नठगिने वातावरण मिलाएर पठाइएको जनाएको छ । उनीहरुले तिरेको शुल्कबाट १० हजार कटाएर बाँकी रकम फिर्ता गरिने प्रोसेस सुरु गरिएको र उनीहरु अब नठगिने विभागका निर्देशक उद्धवप्रसाद रिजालले जनाए । उनका अनुसार बढी पैसा तिरेर विदेश गएकाले विदेशबाट फर्केको १ वर्षसम्म पनि आफू ठगिएको उजुरी दिन सक्नेछन् । 

यस अघिपनि विभागले विभिन्न म्यानपावर कम्पनीमा छापा मारेको थियो । 

सरकारको कमजोरीका कारण अहिलेको समस्या सिर्जना भएको हो । १० हजारमा कुनैपनि म्यानपावर कम्पनीले कामदार उडाउँदैनन् भन्ने थाहा हुँदाहुँदै पनि सरकार मौन छ । यसमा आवश्यक ऐन परिवर्तनको प्रक्रियामा रहेको छ । विभागका अधिकारीहरु नै आवश्यकता अनुसार ऐन परिमार्जन हुनुपर्ने र अब हुने बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved