नेपाल र मलेसियाबीच श्रम सम्झौतामा सहमति, अब मलेसिया जाँदा पैसा तिर्नु नपर्ने!

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 10:51:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र मलेसियाबिच दुई पक्षीय श्रम सम्झौतालाई अन्तिम रुप दिइएको छ। मलेसियाको पुत्राजयमा सम्पन्न छलफलबाट श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिइएको हो।

कामदारको हकहित र सुरक्षाका विषयमा दुवै देशका चासोका विषयहरु सम्बोधन भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले जानकारी गराएका छन। मन्त्री बिष्टले ट्विट गर्दै सहमति दुवै देशका लागि सकारात्मक र सुखद रहेको बताए।

नेपालको मुख्य चासोको रुपमा रहेको नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै लागत मलेसियन रोजगारदाताले ब्यहोर्ने गरि सहमति भएको जनाइएको छ। दुवै पक्षले आन्तरिक प्रक्रिया पुरा गरेपछि कुटनीतिक माध्यमबाट हस्ताक्षरको मिति यथाशक्य तय गरी सम्झौता हुनेछ ।

सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधन मन्त्री एम कुलसेगरन नेपाल आउनेछन भने नेपालका तर्फबाट श्रममन्त्री गोकर्ण विष्टले हस्ताक्षर गर्नेछन। 

मलेसियासँग एमओयु गर्न तीन पटक मस्यौदाको ड्राफ्ट आदानप्रदान गरिएको थियो । दुई पक्षबिच पटक पटक भएको छलफलबाट मस्यौदा संसोधन र सहमति जुटाउँदै यसपटक अन्तिम रुप दिन लागिएको हो । नेपाल र मलेशियाबीच १७ वर्षदेखि श्रम सम्बन्ध रहे पनि अहिलेसम्म दुई मुलुकबीच श्रम सम्झौता हुन सकेको थिएन। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved