सरकारलाई म्यानपावर व्यवसायीको २ महिने अल्टिमेटम, सुनुवाई नभए कामदार नपठाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2018 | 09:29:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकार बैदेशिक रोजगारीको क्षेत्रमा एकलौटी रुपले अगाडी बढेको भन्दै बैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनको तयारि थालेको छ। आफ्ना मागहरु सम्बोधन नभए मङ्सिर २५ पछि आन्दोलन थाल्ने संघले जनाएको छ। 

देशको कुल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत रेमिट्यान्सको हिस्सा रहेको बिषयलाई नजर अन्दाज गर्दै सरकारले बैदेशिक रोजगारको क्षेत्रमा एकलौटि ढंगले आक्रमण गरेकाले आन्दोलनको तयारी थालिएको संघका अध्यक्ष रोहन गुरुङले बिजपाटीलाई बताए। 

सरकारले मङ्सिर २५ भित्र आफ्ना १७ मागहरु सम्बोधन नगरे संघले अनिश्चित समय बैदेशिक रोजगारमा काम्दार पठाउने कार्य ठप्प गर्ने गुरुङले बताए। सरकारले मङ्सिर १५ सम्म आफ्नो माग सम्बोधन नगरेको खण्डमा मङ्सिर २५ बाट माग सम्बोधन नभए सम्म अनिश्चितकाल वैदेशिक रोजगारिमा कामदार पठाउन स्थगित गरिने संघले जनाएको छ।  

'बेरोजगारी समस्या ,गरिबी निवारण ,आधुनिक शिक्षा, सस्कृती र रहन सहनको बिकासमा यस क्षेत्रले योग्दान पुर्याइ रहेको छ ।वैदेशिक रोजगारलाई ब्यबस्थित गर्ने नाममा केहि समय देखी सरकारले एक्लाैटि ढंगले आक्रमण गरिरहेको प्रती संघ गम्भीर खेद प्रकट गर्दछाै' संघद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ। 

यस्ता छन सरकारले सम्बोधन गर्नुपर्ने मागहरु:




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved