वैदेशिक रोजगार विभागमा श्रम मन्त्रीको छड्के, पीडकलाई कारबाही गर्न निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2018 | 09:05:40 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार विभागमा आकष्मिक निरीक्षण गरेका छन। निरीक्षणको क्रममा मन्त्री बिष्टले बैदेशिक रोजगारीका पिडितलाई तत्काल उचित न्याय दिन निर्देशन दिए। 

निरीक्षणको क्रममा बिभागमा भेटिएका पिडितहरुको गुनासो सुनेका मन्त्रि बिष्टले सम्बन्धित म्यानपावरलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन। साउदी अरबमा दुर्घटनामा परी घाइते भएका श्रीमानको उद्धारका लागि एक वर्षको दूधे बालक च्यापेर विभाग पुगेकी चितवनकी पूजा तामाङको दुखेसो सुनेपछि मन्त्री विष्टले विभागका पदाधिकारीलाई तत्काल उक्त मेनपावर कम्पनीलाई कारवाही गर्न निर्देशन दिएका हुन। 

तीन महीनादेखि साउदी अरबमा अलपत्र परेका आफ्नो भाइको उद्धारका लागि विभाग पुगेका काठमाडौँका राजेश गुरुङको गुनासो सुनेपछि मन्त्री बिष्टले पीडकलाई तत्काल झिकाउन म्यानपावर कम्पनीलाई निर्देशन दिए। 

अनुगमनका क्रममा मन्त्री विष्टले मेनपावर व्यवसायीको ठगी अन्त्य गर्न युद्धस्तरमा अनुगनमन गर्नुपर्नेमा जोड दिँदै गलत काम गर्नेलाई सरकारले कुनै पनि हातलमा नछाड्ने बताए। 'राम्रो काम गर्नेलाई आत्मसम्मानका साथ काम गर्ने वातावरण दिनुपर्छ, जनतालाई मुलुकमा सरकार छ भन्ने अनुभूति हुनुपर्छ, आम जनतालाई राज्यको प्रतिविम्ब हुने गरी अनुगमनलाई प्रभावकारी बनाइनुपर्छ' उनले भने।  

विभागका महानिर्देशक दिलीप चापागाईंले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सुधारका पक्षमा धेरै कदम चालिएको मन्त्री बिष्टलाई जानकारी गराए। उनले मन्त्रीलाई गराएको जानकारी अनुसार कात्तिक मसान्तसम्म विभागमा संस्थागततर्फ ४३४ र व्यक्तिगततर्फ ३४१ विभिन्न ठगीसम्बन्धी उजुरी परेको छ। संस्थगततर्फ १५ करोड ११ लाख १७ हजार बिगो मागदाबीसहित विभागमा उजुरी परेको छ भने व्यक्तिगततर्फ १७ करोड ५३ लाख ७४ हजार दाबी गर्दै उजुरी परेको छ। 

आर्थिक बर्ष २०७३÷०७४ मा संस्थागत उजुरी एक हजार ४५२, आव २०७४÷०७५ मा एक हजार २० तथा व्यक्तिगततर्फ आव २०७३÷०७४ मा ९३१ र आव २०७४÷०७५ मा एक हजार १०९ उजुरी परेको थियो । 

आव २०७३÷०७४ मा संस्थागत उजुरीतर्फ रु ४३ करोड ६० लाख ६५ हजार क्षतिपूर्ति दाबी गरिएकामा ६८७ उजुरीको फरफारक गर्दै विभागले पीडितलाई नौ करोड तीन लाख १४ हजार क्षतिपूर्ति भराएको थियो । आव २०७४÷०७५ मा संस्थागततर्फ रु ७६ करोड ८३ लाख ६१ करोड क्षतिपूर्ति दाबी गरिएकामा विभागले ८३२ उजुरीको फरफारक गरी पीडितलाई रु रु ४९ करोड ५४ लाख ४९ हजार क्षतिपूर्ति भराएको थियो । 

व्यक्तिगततर्फ आव २०७३÷७४ रु २८ करोड १७ लाख ७६ हजार दाबी रकममध्ये १५९ मुद्दाको टुङ्गो लगाउँदै विभागले पीडितलाई रु छ करोड ९१ लाख तीन हजार क्षतिपूर्ति भराएको थियो । आव २०७४÷०७५तर्फ रु १७ करोड ३७ लाख १० हजार दाबी गरिएकामा विभागले पीडितलाई रु तीन करोड ५५ लाख ११ हजार क्षतिपूर्ति उपलब्ध गराएको थियो । 

विभागले संस्थागत उजुरी परेमा निवेदन लिई २४ घन्टामा सम्बन्धित मेनपावर कम्पनीलाई विभागमा बोलाउने, दुवै पक्षबीच आपसी छलफल गराउने, दुवै पक्षबीच सहमति नभएमा क्षतिपूर्ति एकीन गर्ने, मेनपावर कम्पनीले क्षतिपूर्ति नतिरेमा धरौटीबाट कट्टा गरी जरिवाना गरी पीडितलाई क्षतिपूर्ति भराउँदै आएको छ । 

व्यक्तिगत उजुरीतर्फ जाहेरी लिने, अनुसन्धान अधिकृत तोक्ने र अनुसन्धान अधिकृतले पक्राउ पुर्जी जारी गर्ने तथा अनुसन्धान अधिकृतले सरकारी वकीलको राय लिई वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरी पीडितलाई न्याय प्रदान गरिँदै आएको विभागका निर्देशक भोलानाथ गुरागाईंले जानकारी दिए। राससको सहयोगमा 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved