विदेशबाट फर्किएकालाई सीप प्रमाणिकरणको अवसर, सबै प्रदेशमा फारम संकलन केन्द्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2018 | 12:50:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विदेशमा कामदारको रुपमा गई त्यहाबाट हाासिल गरेको सीप स्वदेशमै प्रयोग गर्न युवाहरुलाई आग्रह गरेको छ । सरकारले विदेशमा विभिन्न सीप आर्जन गरेर फर्किएका युवालाई सीप प्रमाणिकरण गर्नका लागि निवेदन दिन पनि भनेको छ ।

पुस ११ गतेसम्म तोकिएका स्थानमा गएर आफूसँग भएको सीप प्रमाणिकरणको लागि निवेदन दिन सकिने छ । २० वटा पेशाको सीप प्रमाणिकरण हुनेछ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परीक्षण समितिले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट सीप प्रमाणिकरणको जिम्मा पाएको छ । समितिले नै फारम संकलन तथा सीप परीक्षण  र प्रमाणिकरण गराउने छ ।

सीप परीक्षण गराउन चाहनेले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र राष्ट्रिय सीप परीक्षण समितिको वेवसाइडबाट फारम डाउनलोड गरेर आउँदो पुस ११ गतेसम्म निवेदन दिन सक्नेछन् । यसरी सीप प्रमाणिकरण गराउँदा र फारम भर्दा कुनै पनि शुल्क लाग्दैन ।


फारम संकलन केन्द्रहरु:
सीप प्रमाणिकरणका लागि सात वटै प्रदेशमा केन्द्रहरु तोकिएको छन् । प्रदेश नम्बर १ को झापा स्थित दमक टेक्निकल एजुकेशन फाउन्डेशन प्रा.लि. र सुनसरीको पाथिभरा हिमालयन पोलिक्लिनक प्रा.लि. मा सीप प्रमाणिकरणका लागि निवेदन दिन सकिनेछ । प्रदेश नम्बर २ को सिरहास्थित लहान प्राविधिक शिक्षालयमा, धनुषामा विपी मेमोरियल पोलिटेक्निक इन्स्टिच्युटमा र पर्साको बीरगंज इन्स्टिच्युट अफ टेक्नोलोजीमा निवेदन दिन सकिनेछ ।
३ नम्बर प्रदेशको मकवानपुरस्थित नेपाल भारत मैत्री पोलिक्लिनिक इन्स्टिच्युट हेटौंडा, नारायणी पोलिटेक्निक इन्स्टिच्युट भरतपुर, राष्ट्रिय सीप परीक्षण समिति सानोठिमी र काठमाडौंमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय बानेश्वरमा निवेदन दिन सकिनेछ ।
गण्डकी प्रदेशको पोखरा प्राविधिक शिक्षालय फूलबारी, कास्की र धौलागिरी पोलिटेक्निक इन्स्टिच्युट बलेवा, बाग्लुङमा निवेदन दिन सकिनेछ । प्रदेश नम्बर ५ को रुपन्देहीस्थित कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी , राप्ती प्राविधिक शिक्षालय लालमटिया, दाङमा र  भेरी प्राविधिक शिक्षालय नेपालगञ्ज, बाँकेमा निवेदन दिन सकिनेछ ।
कर्णाली प्रदेशको घरेलु तथा साना उद्योग विकास समिति, सुर्खेत  र कर्णाली प्राविधिक शिक्षालय, जुम्लामा  निवेदन दिनुपर्नेछ । सुदुरपश्चिम प्रदेशको धनगढी कलेज अफ इन्फरमेशन टेक्नोलोजी प्रा.लि. कैलाली,  व्यवसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगर, कन्चनपुर र सेती प्राविधिक शिक्षालय दिपायल, डोटीमा निवेदन दिन सकिनेछ ।
परीक्षण हुने सीपहरु:
सरकारले २० वटा पेशाको सीप प्रमाणिकरण गर्नेछ । त्यसमा विल्डिङ पेन्टर, सटरिङ कार्पेन्ट्री, असिस्टेन्ट व्युटिसियन, हाउसकिपिङ क्लिनर, रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन जुनियर मेकानिक्स, एक्साभेटर अपरेटर, फर्निचर मेकर, स्टोन लेयर मेशन डकर्मी, असिस्टेन्ट वेटर र आर्क वेल्डर रहेका छन् ।

स्टक्चरल फेब्रिकेटर, जुनियर प्लम्बर, विल्डिङ इलेक्ट्रिसियन, आल्मुनियम फेब्रिकेटर, सेक्युरिटी गार्ड, स्काप फोल्डर, इन्ड्रस्टियल इलेक्ट्रसियन, कमि तेस्रो र टेलरिङको सीप प्रमाणिकरण हुनेछ । सरकारले यसवर्ष एक हजार जनाको सीप परीक्षण हुने अनुमान गरेको छ ।

आवश्यक कागजपत्र:
नागरिकताको प्रतिलिपि
पासपोर्टको प्रतिलिपि र स्वदेश फर्किंदा अध्यागमनबाट छाप लागेको पाना समेत बुझाउन पर्नेछ ।
वैदेशिक रोजगारीमा गएको प्रमाणित हुने अन्य कागजहरु ।
हालसालै खिचेको पासपोर्ट साइजको फोटोकपी दुई प्रति ।

यस्तो छ सूचना:





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved