मंसिरमै रोजगार सेवा केन्द्र स्थापना गर्ने भनेको सरकार किन पछि हट्यो ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2018 | 06:33:39 PM मा प्रकाशित

laxmi  sunrise bank

मंसिरबाट सुुरु हुने भनिएको रोजगारसेवा कार्यक्रम सञ्चालनमा ढिलाई हुने भएको छ । देशको वेरोजगारी समस्यालाई हटाउन सरकारले प्रधानमन्त्रि रोजगार कार्यक्रमको योजना ल्याएको हो । मंसिर महिनाभित्रै रोजगार सेवा केन्द्र स्थापना गर्ने सरकारको योजना भए पनि प्राविधिक कुराहरुले गर्दा केही ढिला हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । रोजगार सेवा केन्द्र देशैभरी एकैसाथ सञ्चालनमा ल्याउनुपर्ने भएकाले पूर्वाधार व्यवस्थापनमा समय लागेको मन्त्रालयका सुचना अधिकारी लोकनाथ भूसालको भनाई छ । पूर्वाधारको अध्ययन नै नगारी मिति तोक्ने सरकारी कमजोरीले घोषणा अहिले भएपनि कार्यक्रम सुरु हुन महिनौ लाग्ने आँकलन गर्न सकिन्छ ।
संघियता कार्यान्वयनको चरणमा रहेको मुलुकमा अहिले ७ सय ५३ स्थानीय तह छन । रोजगार सेवा केन्द्र स्थापना भएपछि केन्द्रले सर्वप्रथम वेरोजगारी भर्नाको लागी आवेदन खुलाउँदछ र सोही अनुरुप वेरोजगारीले निवेदन पेश गरेपछि अनलाईन प्रणालीबाट छनौंट गर्नुका साथै सम्पूर्ण वेरोजगारीको विवरण राख्ने सरकारको योजना रहेको छ ।
नेपालको कतिपय स्थानीय तहमा गुणस्तरीय दूरसञ्चार सेवा पुग्न सकेको छैन । दूरसञ्चार सेवा नपुगेका स्थानीय तहमा अनलाइन प्रणाली सञ्चालन नहुने भएकाले ती स्थानमा अफलाइन सेवा सञ्चालन गर्ने सरकारले जनाएको छ ।
प्रत्येक स्थानिय तहमा स्थापना भएको सेवा केन्द्र मार्फत रोजगारी पाएका  श्रमिकको पारिश्रमिक बैंक मार्फत भूक्तानी गरने नीति बनाईएको छ । तर ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ७७ मा मात्रै बैंक सेवा पुगेको छ । बाँकी ७६ स्थानीय तह अझैँ बैंकिङ सेवा विहिन छन् ।
राष्ट्र बैंकले गत आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा सेवा विस्तार गर्न भनेपनि क वर्गका बैंकहरुले अझै सबै स्थानीय तहमा सेवा विस्तार गर्न सकेका छैनन् ।
यस्तो अबस्थामा सरकारले केही विकल्प खोज्ने बताईए पनि रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन के विकल्प अघि सार्ने भन्ने विषयमा सरकार आफँै अलमल्लमा देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved