वैदेशीक रोजगार कार्यालयद्धारा श्रम स्वीकृतिको लागी अनलाईन प्रणाली लागू

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2018 | 03:59:35 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशीक रोजगार कार्यालय तहाचलले गत आईतबारदेखि श्रम स्वीकृतिको लागी अनलाईन प्रणाली लागू गरेको छ । यस प्रणालीबाट दैनिक ११ सय सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको कार्यालयले जनाएको छ ।
अनलाईन टोकन प्रणाली लागू गर्नुभन्दा अगाडी घण्टौंसम्म लाईन लागेर सेवा लिनुपर्ने वाध्यता थियो । सेवाग्राहीले खेप्नुपरेको सास्तीलाई मध्यनजर गर्दै सरकारले अनलाईन टोकन प्रणाली लागू गरेको हो । तर अझै पनि कतिपय सेवाग्राहीहरु पुरानै तरिका सोचेर श्रम स्वीकृति लिन आउने गरेको पाईएको छ । सोहि दिनको उडान भएका सेवाग्राहीलाई अनलाईन टोकन प्रणालीले समस्या पारेको सेवाग्राहीको गुनासो छ । पुरानो तरिकाले भोलिको उडान लिएर आज श्रम स्वीकृति लिन आउनु सेवा ग्राहीकै गल्ती रहेको कार्यालय प्रमुख देवेन्द्र कार्की बताउँछन् । उनले भने, ‘सरकारले कस्तो सेवा प्रदान गर्दैछ भन्नेबारे सेवाग्राही जानकार बन्नु आवश्यक छ, सरकारले व्यवस्थित रुपमा सेवा प्रदानको विस्तार गरेको छ, सिस्टममा आउन भने अझै समय लाग्छ ।’
कार्यालयबाट प्रत्येक दिन ९ सय जनालाई पुन श्रम स्वीकृति, १ सय जनालाई नयाँ श्रम स्वीकृति र १ सय जनालाई कागजात प्रमाणिकरणको सेवा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved