सामाजिक सुरक्षा योजनालाई योगदानमा आधारित पेन्सन किन भनिन्छ ?

भावना लामा

भावना लामा

Dec 12, 2018 | 11:49:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सामाजिक सहायताका लागी अघि सारेको महत्वपूर्ण योजना हो ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ । यस योजनामा श्रम गर्ने श्रमिक आफै सहभागी भई योगदान गर्नुपर्नेछ ।आफूले योगदान गरे वापत कोषमा जम्मा भएको रकम ६० वर्ष उमेर पुगेपछि निकाल्न पाइन्छ ।

औपचारीक तथा अनौपचारीक क्षेत्रमा आवद्ध श्रमिकहरुको सुरक्षित भविष्य र मर्यादित जीवन निर्माण गर्न यो योजनाले अहम भूमिका निर्वाह गर्ने सामाजिक सुरक्षा कोषले जनाएको छ । श्रमिकको जीवनमा भैपरि आउने जोखिमलाई घटाउन यो योजनाले विभिन्न सुविधाहरुको व्यवस्था गरेको छ । जसमध्ये, औषधि उपचा, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना तथा अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा र वृद्धावस्था सुरक्षाको सुविधा रहेको छ । माथि उल्लेखित सुविधाहरुको उपभोग गर्न भने श्रमिकले यस योजनामा सहभागी हुनुपर्ने हु्न्छ ।

योगदानमा आधारीत सामाजिक सुरक्षा योजनालाई नेपालको संविधान २०७२ ले मौलिक हकको रुपमा ग्यारेन्टी गरेको छ । जुन व्यवस्था अनुसार संविधानको धारा ३४ ‘२’ ले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धि हक हुने छ भनी उल्लेख गरेको । यसले गर्दा पनि प्रत्येक श्रमिकले अनिवार्य रुपमा यो योजनामा सहभागी हुनुपर्नेछ । यदि यो योजनामा सहभागी नभएमा कुनै पनि सुविधाहरु उपभोग गर्न पाउने छैनन् ।

योजनामा सहभागी हुनको लागी सर्वप्रथम रोजगारदाता सूचिकृत भएर रोजगारदाताले आफ्नो श्रमिकलाई पनि सूचिकृत गराउनु पर्ने हुन्छ । सूचिकरण पश्चात रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताको २० प्रतिशत गरी कुल ३१ प्रतिशत रकम मासिक रुपमा कोषमा जम्मा गर्नुपर्ने हुन्छ । यसरी जम्मा भएको रमकबाट नै श्रमिकले पेन्सन प्राप्त गर्दछ । पेन्सन पाउन श्रमिकले १५ बर्षसम्म कोषमा रकम जम्म गर्नुपर्ने हुन्छ । यसरी जम्मा गरेको पैसा श्रमीकले ६० बर्ष नाघेपछि पेन्सनको रुपमा लिन पाउँछन् ।

श्रमिकले आफूले तिरेको रकमबाट पेन्सन प्राप्त गर्ने भएकोले यो योजनालाई योगदानमा आधारीत पेन्सन भनिएको हो । यो कोषमा नितान्त रुपमा श्रमिक र रोजगारदाताले जम्मा गरेको रकम रहने कोषले जनाएको छ । 

यो पनि : 

के हो हाल सर्बाधिक चर्चामा रहेको सामाजिक सुरक्षा योजना ?

सामाजिक सुरक्षा कोषमा को कसरी सहभागी हुन पाउँछन् ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved