मलेसिया जाने कामदार ठगेको आरोप लागेका श्रेष्ठलाई सफाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2018 | 06:14:51 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसिया जाने कामदारमाथि ठगी गरेको आरोप लागेका भिएलएनका अध्यक्ष राम श्रेष्ठलाई ललितपुर जिल्ला अदालतले सफाई दिएको छ ।  न्यायाधीश विश्वमंगल आत्रेयको इजलासले मंगलबार श्रेष्ठलाई सफाई दिने फैसला सुनाएको हो । अदालतले श्रेष्ठविरुद्ध दायर भएको निवेदनमा सरकार पक्षबाट आरोप पुष्टि गर्न  प्रमाण पर्याप्त नभएको फैसला सुनाएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जाहेरीले २०७५ असार ३ गते जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो । मन्त्रालयको जाहेरीपछि श्रेष्ठ भदौ १६ मा पक्राउ परेका थिए। सरकारी वकिलको कार्यालयले श्रेष्ठविरुद्ध २ अर्ब ८६ करोड रुपैयाँ बिगो दाबी र ५ वर्ष जेल सजायको माग गर्दै मुद्दा दायर गरेको थियो ।

जेठ २ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ठगी रोक्न भन्दै मलेसिया जाने कामदारमाथि सिन्डिकेट लगाउने संस्थालाई बन्द गर्ने निर्णय गरेको थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved