कतै पनि दर्ता नभएका व्यवसायका कामदार कसरी सामाजिक सुरक्षा कोषमा सहभागी हुने ?

भावना लामा

भावना लामा

Dec 13, 2018 | 03:35:19 PM मा प्रकाशित

laxmi  sunrise bank

‘योगदानमा आधारित सामाजिक सुरक्षा’लाई संबिधानले नै मौलिक हकको रुपमा उल्लेख गरेको छ । संविधानको धारा ३४ को उपधारा ‘२’ ले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धि हकको प्रत्याभूत गरेको छ ।

यहि मौलिक हकलाई पूर्णता दिन सरकारले सामाजिक सुरक्षा कोष मार्फत सामाजिक सुरक्षा योजना ल्याएको हो। सविधान मै 'प्रत्यक श्रमिक'लाई भन्ने शब्दांश प्रयोग गरिएका कारण नै सबै श्रमिकले अनिवार्य रुपमा यो योजनामा सहभागी हुनुपर्नेछ । यदि यो योजनामा सहभागी नभएमा कुनै पनि सरकारी सुविधाहरु उपभोग गर्न नपाउने उल्लेख छ ।

योजनामा सहभागी हुन श्रमिक एवम रोजगारदाताले कोषले व्यवस्था गरेको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन तथा व्यवस्थापन भने सामाजिक सुरक्षा कोषले गर्दछ । कोषले अनलाईन लिंकबाट रोजगारदातालाई सिधै यस योजनामा सूचिकृत हुन पाउने व्यवस्था गरेको छ । कोषमा सूचिकृत हुनको लागी भने व्यवसायीले आफ्नो संस्था दर्ता गर्नुपर्ने हुन्छ । यसरी अनलाईन मार्फत सूचिकृत हुँदा संस्था दर्ता गरेको प्रमाणपत्र, पान नम्बर अनिवार्य रुपमा आवश्यक पर्दछ । यदि संस्थालाई प्रमाणित गर्ने कुनै पनि प्रमाण नभएमा अनलाईनबाट फारम स्वीकृत नहुने कोषले जनाएको छ । यसले गर्दा प्रत्येक रोजगारदाताले आफ्नो संस्था अनिवार्य दर्ता गराउनुपर्ने छ ।

यो योजना सामाजिक सुरक्षाका अवधारणामध्ये एक हो । मानवीय मर्यादाको रक्षाका लागी सामुहिकतामा आधारित भई जोखिमहरुबाट सुरक्षा प्रदान गर्न राज्य तथा नागरिकहरुको साझा प्रयासमा सञ्चालित कायैक्रम नै योगदानमा आधारित सामाजिक सुरक्षा हो ।

कतै पनि दर्ता नभएका व्यवसायका कामदारले यस कोषमा सहभागी हुन पाउने कि नपाउने भन्ने बिषयमा अहिले धेरै जानकार नभएको पाईएको छ । यस योजनामा सहभागी हुन पहिले रोजगारदाता सुचिकृत हुनै पर्छ । रोजगारदाता सुचिकृत भएमा मात्र श्रमिक सुचिकृत भई यस योजनामा सहभागी हुन् सक्ने छन् । रोजगार दाता सुचिकृत हुन् नआएमा उसलाई कुनै पनि सरकारी सुविधाहरु उपलब्ध नगराउने कोषले उल्लेख गरेको छ। यसले गर्दा सबै रोजगारदाता सुचिकृत हुन् आउने बिश्वास छ ।

यदि कुनै व्यक्तिको आफ्नै व्यवसाय छ भने उसले सो व्यवसायलाई नै दर्ता गरेर योजनामा सहभगी हुन् सक्ने छन् । आफु स्वरोजगार रहेको तर तर त्यस व्यवसाय कहिँ कतै दर्ता नभएको हकमा पनि सो व्यक्तिले आफ्नो आम्दानी देखाई योजनामा सुचिकृत हुन् सक्ने छन् ।

यस अघि :

के हो हाल सर्बाधिक चर्चामा रहेको सामाजिक सुरक्षा योजना ?


सामाजिक सुरक्षा कोषमा को कसरी सहभागी हुन पाउँछन् ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved