कसरी हुँदैछ कर्मचारी समायोजन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 05:57:05 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी समायोजन गर्न बनेको अध्यादेश जारी भए लगत्तै सरकारले समायोजन प्रक्रिया सुरु गरेको छ । समायोजनमा जानका लागी कर्मचारीलाई यसै साताबाट फारम उपलब्ध गराउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

समायोजनमा जाने कर्मचारीले अनलाईन मार्फत फारम भर्न पाउने व्यवस्था मन्त्रालयले गरेको छ । अनलाईनबाट भरेको फारम मन्त्रालयको समायोजन सम्बन्धि सफ्टवेयरमा दर्ता हुने व्यवस्था रहेको मन्त्रालयले जानकारी दिएको छ । साथै सबै जिल्ला प्रशासन कार्यालय, प्रदेशका मन्त्रिपरिषद कार्यालय तथा स्थानिय तहहरुमा समेत फारम भर्न हेल्प डेक्स रहनेछ । संघ, प्रदेश र स्थानिय तहमध्ये कुनमा जाने हो फारम भर्दा कर्मचारीले खुलाउन पाउनेछन् । 

समायोजनमा जाने कर्मचारीका लागी फारम भर्न औपचारीका रुपमा सूचना जारी गर्ने मन्त्रालयको तयारी रहेको छ । मन्त्रालयले जारी गर्ने सूचनामा मुख्यतया चार किसिमका सूचना रहनेछन् । पहिलो निजामति कर्मचारीका लागी, दोस्रो खारेज भएका समिति, आयाग, प्रतिष्ठान लगाएतका कर्मचारीका लागी, तेस्रो जिल्ला सान्वयन समितिका कर्मचारीका लागी र चौथोमा पद मिलान नभइसकेका कर्मचारीका लागी रहेको छ । 

मन्त्रालयका अनुसार निजामती सेवाका करिब ८९ हजार, स्थानिय तहका १७ हजार र अन्य सेवाका २ हजार कर्मचारीले अनिवार्य रुपमा फारम भराउनुपर्ने हुन्छ । संघिय सरकारका कर्मचारी अन्तर्गत न्याय सेवा, परराष्ट्र सेवा, संसद सेवा र लेखा परिक्षण गरी करिब ७ हजार जना भने समायेजन नभई हाल कार्यरत स्थानमै रहनेछन् ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved