कतारसँग पनि शुन्य लागतमा कामदार पठाउने गरी श्रम सम्झौताको तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2018 | 02:37:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कतारसँग पनि शून्य लागतमा कामदार पठाउने तयारी गरेको छ । मोरक्को पुगेका श्रममन्त्री गोकर्ण बिष्टले यसको लागि दुवैदेश बीच छलफल सुरु भएको जानकारी दिएका हुन् ।

हाल श्रममन्त्री सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागी विश्वव्यापी सम्झौता ‘जिसीएम’ महासभामा सहभागी हुन मोरक्कोमा छन् । त्यहाँ उनले कतारका श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्री युसुफ महम्मदसँग श्रम सम्झौता नविकरणको बिषयमा छलफल गरेका हुन् । छलफलमा दुवै देशका प्राविधिक टोलीले गृहकार्य गरी यस बिषयमा पहल थाल्ने सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।

श्रम सम्झौता नवीकरणका विषयमा आफ्ना प्रस्तावसहित नेपाली टोलि डिसेम्बर अन्तिम साता कतार जाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नवीकरण गर्दा शून्य लागतमा सम्झौता गर्ने मन्त्रालयले तयारी गरेको हो।

यस अघि नेपालले मलेशियासंग शुन्य लागतमा कामदार पठाउने निर्णय गरेको थियो । तर हालसम्म पनि कामदार पठाउने प्रक्रिया सुरु हुन् सकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved