सामाजिक सुरक्षा योजना : दुर्घटना भई अशक्त भए के सुविधा पाईन्छ ?

भावना लामा

भावना लामा

Dec 16, 2018 | 12:40:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मंसिर ११ गतेबाट औपचारीक रुपमा ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ लाई लागू गरेको छ । यो योजनाले श्रमिकहरुलाई राहत दिलाएको छ । आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकलाई संरक्षण गर्ने उदेश्य यस योजनामा रहेको छ ।

मानवीय मर्यादाको रक्षाका लागी सामुहिकतामा आधारित भई जोखिमहरुबाट सुरक्षा प्रदान गर्न राज्य तथा नागरिकहरुको साझा प्रयासमा यो योजना सञ्चालन हुने सामाजिक सुरक्षा कोषले बताएको छ । ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ ले औपचारिक तथा अनौपचारिक क्षेत्रमा संलग्न रहेका श्रमिकहरुले मोल्नुपर्ने जोखिमलाई यो योजनाले घटाउने मन्त्रालयले जनाएको छ ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ४ वटा शिर्षकमा सामाजिक सुरक्षा स्किम हुनेछन् ।  जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रति परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा स्किम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

रोजगारीजन्य दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारमा लाग्ने सम्पूर्ण खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने व्यवस्था रहेको छ । तर व्यवसायजन्य रोगको उपचार गर्न दुई वर्षसम्म श्रमिकले कोषमा योगदान गर्नुपर्ने हुन्छ । रोजगारजन्य दुर्घटना बाहेकअन्य दुर्घटना भएको अवस्थामा भने श्रमिकले सात लाख रुपैयाँ सम्मको उपचार खर्च स्किमबाट प्राप्त हुने कोषले जनाएको छ । तर प्राकृतिक विपत्तिको कारण दुर्घटना भएमा, सडक दुर्घटना र वीमा प्रणालीबाट सुविधा पाउने अवस्थामा भने कोषको स्किमबाट त्यस्तो सुविधा प्राप्त गर्न सक्ने छैनन् ।

त्यसैगरी अस्थायी रुपमा काम गर्न असक्षम भएमा तोकिएको सुत्रको आधारमा हिसाव गरी आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम काममा नफर्केसम्म प्रदान गरिने व्यवस्था रहेको छ । साथै स्थायि रुपमा आंशिक असक्षमता भएमा तोकिएको सुत्रको अनुरुप हिसाव गरी आधारभूत पारिश्रमिकको ६० प्रतिशतलाई शत प्रतिशत मानी असक्षमता प्रतिशतका आधारमा जीवनभर निवृत्तिभरणको व्यवस्था रहेको छ । स्थायीपूर्ण असक्षमता भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत बरावरको रकम मासिक रुपमा जीवनभर निवृत्तिभरण पाउने सुविधा रहेको छ । यस्तो रकम योगदानकर्ताको हेरचाह गर्ने व्यक्ति वा संस्थालाई समेत प्रदान गर्ने व्यवस्था रहेको छ ।

यो पनि : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved