सामाजिक सुरक्षा योजना अन्तर्गत औषधि उपचार बापत के के सुविधा पाईन्छ ?

भावना लामा

भावना लामा

Dec 17, 2018 | 05:51:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सबै नागरिकलाई सामाजिक सुरक्षामा सहभागी गराउन सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गेको छ । यस योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना समावेश छन् । यो योजनालाई उपभोग गर्न श्रमिकले कम्तीमा पनि ६ महिना योगदान गर्नुपर्ने हुन्छ ।
यस सुविधा अन्तर्गत चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्याक्रिया वापतको शुल्क समेत कोषले उपलब्ध गराउँदछ । यसैगरी रोग परिक्षण तथा उपचार र औषधि बापतको सुविधा पनि पाईन्छ । अस्पताल भर्ना भई उपचार गराउँदा बार्षिक बढीमा एक लाख र भर्ना नभई उपचार गराउँदा बार्षिक बढीमा पच्चिस हजार भन्दा माथि नबढ्ने गरी उपचार खर्च पाईन्छ । तर यसको लागी कुल दावी रकमको २० प्रतिशत रकम योगदानकर्ता आफैले व्यहोर्नुपर्ने हुन्छ ।
यी उपचारमा सुविधा पाईदैन
दुर्घटनामा परि नोक्सान भएकोमा बाहेक प्लास्टिक सर्जरी तथा दाँतको उपचार गर्दा कोषले खर्च व्यहोर्दैन । साथै वारियाट्रिक सर्जरी ‘वोसो निकाल्ने’ वापतको खर्च पनि कोषले उपलब्ध गराउँदैन । महामारी फैलिई कोषले खर्च धान्न नसक्ने भई सरकारले यो सुविधा खारेज गरेको खण्डमा यो सुविधाबाट बञ्चित हुनुपर्ने छ ।
विरामी भई विदामा बस्दा १२ दिनसम्म श्रमिकले रोजगारदाताबाट पुरै पारिश्रमिक पाउने व्यवस्था रहेको छ । यदि १२ दिन भन्दा बढी बिरामी भई बिदामा बस्नुपर्दा १३ हप्तासम्मको लागी आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषले उपलब्ध गराउँदछ ।
मातृत्व सुरक्षाको व्यवस्था
मातृत्व सुरक्षाको सुविधा प्राप्त गर्न पछिल्लो १८ महिनाको अवधिमा कम्तीमा पनि १२ महिनासम्म योगदान गर्नुपर्ने हुन्छ । गर्भवति श्रमिक वा योगदानकर्ताको पत्नीले यो सुविधाको उपभोग गर्न पाउनेछन् ।
योगदानकर्ता वा निजको पत्नीको नियमित गर्भ परिक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तिन महिनासम्मको शिशुको उपचार वापतको खर्च कोषले प्रदान गर्छ । प्रसुती स्याहारको लागी प्रति शिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम पनि योगदानकर्ताले प्राप्त गर्नेछन् । चौबिस हप्ताभन्दा बढी अवधिको गर्भपतन भएको अवस्थामा वा मृत शिशु जन्म भएको अवस्थामा पनि यो सुविधा पाउनेछन् । साथै एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम प्रसूति हुने योगदानकर्ता वा योगदानकर्ताको पत्नीले पाउनेछन् । यदि दुवै योगदानकर्ता भएको अवस्थामा एक जनालाई मात्र यस्तो सुविधा उपलब्ध हुने व्यवस्था छ ।
प्रसूति बिदा अवधि ९८ दिन मध्ये ६० दिनको रोजगारदाताले दिने र सो बाहेक ३८ दिनको लागी खाईपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषले उपलब्ध गराउने व्यवस्था रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved