सामाजिक सुरक्षा योजनामा उत्साहजनक सहभागिता, कति भए सुचिकृत ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2018 | 05:07:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हालै तामझामका साथ शुभारम्भ गरेको सामाजिक सुरक्षा योजनामा हालसम्म २९७ रोजगार सुचिकृत भएका छन् ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषले कार्तिक २६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै रोजगारदातालाई कोषमा सुचिकृत हुन् आग्रह गरेको थियो । 

कोषले काठमाडौँ उपत्यका भित्रका रोजगारदाता र सबै श्रमिक आपूर्तिकर्तालाई मंसिर ६ को मितिले ३ महिना भित्र सुचिकृत हुन् आग्रह गरेको थियो ।  कोषका अनुसार हालसम्म २९७ रोजगारदाता यस अभियान अन्तर्गत सुचिकृत भएका छन्  

कोषले काठमाडौँ उपत्यका बाहेकका प्रदेश नम्बर ३ का अन्य स्थानका रोजगारदाताले मंसिर १५ देखि ३ महिना भित्रमा, प्रदेश १ का रोजगारदाताले पुस १ देखि ३ महिना भित्रमा, प्रदेश २ का रोजगारदाताले पुस १५ देखि ३ महिना भित्रमा सुचिकृत गराउनु पर्ने छ । त्यस्तै गण्डकी प्रदेश र प्रदेश ५ का रोजगारदाताले माघ १ देखि ३ महिना भित्रमा, र कर्णाली तथा सुदूरपश्चिमका रोजगारदाताले माघ १५ देखि ३ महिना भित्रमा सुचिकृत गराउनु पर्ने छ । 

कोषमा सुचिकृत भएका रोजगारदाता अन्तर्गत रहेका श्रमिकहरुले मात्र यस योजना अन्तर्गतको योगदानमा आधारित सामाजिक सुरक्षा प्राप्त गर्न सक्ने छन् । कोषको योजनामा सहभागीतामा सहजता ल्याउन सरकारले अनलाईन प्रणाली मार्फत निवेदन दिन पाउने व्यवस्था गरेको छ । यसको लागी कोषको वेबसाइट ssf.gov.np/np मा गई निवेदन पेश गर्नुपर्ने हुन्छ ।

यो पनि : 

के हो हाल सर्बाधिक चर्चामा रहेको सामाजिक सुरक्षा योजना ? 
सामाजिक सुरक्षा कोषमा को कसरी सहभागी हुन पाउँछन् ?
कतै पनि दर्ता नभएका व्यवसायका कामदार कसरी सामाजिक सुरक्षा कोषमा सहभागी हुने ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved