'पसिना बगाउने श्रमिक अपमानित बन्नुपर्ने अवस्थाको अन्त्य हुन्छ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2018 | 05:32:49 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने बताएका छन ।  अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ का अवसरमा आज वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले आयोजना गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।  

उनले भने, “अझै पनि वैदेशिक रोजगारीका क्षेत्रमा विकृति, विसङ्गति र अपारदर्शीता छन्, अब यस्तो विसङ्गति धेरै दिन रहँदैन, पसिना बगाउने श्रमिक अपमानित बन्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।” मन्त्री विष्टले आप्रवासी श्रमिकको मर्यादित र सम्मानित जीवनयापनको विषय अन्तर्राष्ट्रिय मुद्दा बनेको उल्लेख गर्दै आप्रवासी श्रमिकको हकतिका पक्षमा सबै राष्ट्रले सहकार्य गर्नुपर्नेमा जोड दिए । 

अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय मञ्चमा आप्रवासी कामदारको अधिकारको विषयले प्राथमिकता पाएको अवस्थामा क्षेत्रीय मञ्चका रुपमा रहेको कोलोम्बो प्रोसेस र अन्तरसरकारी मञ्चका रुपमा रहेको सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम)ले पनि श्रमिकलाई न्याय दिने गरी आफ्नो भूमिका केन्द्रित गरेको उनले बताए । 

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले १५औँ पञ्चवर्षीय आवधिक योजनामा २५ वर्षीय दीर्घकालीन खाका ल्याउने तयारी गरेको जानकारी दिँदै वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याउने तयारी भइरहेको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved