विदेशबाट फर्केकाले १० लाख सहुलियत ऋण कसरी लिने ?

भावना लामा

भावना लामा

Dec 26, 2018 | 02:16:09 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारबाट फर्किएका कामदारलाई सरकारले प्रदान गर्ने ऋणको लागी आवेदन दिने समय अब केहि दिन मात्रै बाँकी छ । स्वदेशमै स्वरोजगार बनेर बस्न चाहाने नेपाली नागरिकले सरकारबाट १० लाखसम्मको ऋण लिन पाउने छन् । त्यसको लागी पौष मसान्तसम्म निवेदन दिईसक्नुपर्नेछ । विदेशबाट फर्किएकाले विदेशमा सिकेका ज्ञान, सीप, तालिम र अनुभवको आधारमा सहुलियत कर्जा लिन सक्छन् ।
सरकारले आर्थिक बर्ष २०७५/७६ को बजेटमा वैदेशिक रोजगारबाट फर्केकाहरुले १० लाखसम्मको सहुलियत कर्जा लिन पाउने व्यवस्था गरेको थियो । मंसिर १ गतेबाट सरकारले वैदेशीक रोजगारबाट फर्केकाहरुलाई १० लाखसम्मको सहुलियत ऋण प्रदान गर्न सुरु गरेको थियो । उक्त कार्यक्रमको कार्यान्वयन र व्यवस्थापन भने वैदेशिक रोजगार प्रवद्र्धन वोर्डले गर्दै आएको छ ।
ऋण लिन चाहने व्यक्तिले आफ्नो नागरिकताको प्रतिलिपि, रहादानी र प्रवेशाज्ञा (भिषा) को प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि र कुनै पनि देशमा कम्तीमा ६ महिनासम्म गरेको कुनै तालिम र पेशा व्यवसायको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्ने हुन्छ । फराम भर्दा जुन उदेश्यका लागी कर्जा लिन चाहेको हो त्यो उदेश्य खुलाउनुपर्ने हुन्छ ।
आवेदन फारम पेश गर्न वैदेशीक रोजगार प्रवद्र्धन वोर्डमै जान सकिन्छ । साथै बोर्ड सचिवालयको वेवसाइटबाट पनि फारम भर्न सकिन्छ । सचिवालयको इमेल ठेगानामा पनि निवेदन पठाउन सकिने जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved