नेपालमा कतार भिषा सेन्टर किन सुचारु हुन सकेन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 04:53:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कतारको भिषा सेन्टर खेल्न अझै केही समय लाग्ने भएको छ । कतार सरकाले नेपालमा भिषा सेन्टर खोल्न गरेको प्रस्तावमा निर्णय दिन सरकारले अझै केहि समय लाग्ने बताएको छ ।

कतारले गरेको प्रस्तावमाथि नेपाल सरकारले अध्ययन र छलफल गरिरहेकोले निर्णय दिन समय लाग्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए । उनका अनुसार, ‘प्रस्ताव आउने बित्तिकै स्वीकार गर्न मिल्दैन, प्रस्ताव नेपालको लागी कत्तिको फलदायी छ, नेपालको कानुनसँग मिल्दो छ कि छैन लगाएतका कुराहरु अध्ययन गरेपछि मात्र भिषा सेन्टर खोल्ने कि नखोल्ने भन्ने बारे निर्णय लिन सकिन्छ ।’ अध्ययनको लागी अझै एकदेखि २ महिनाको समय अवधि लाग्ने उनको भनाई छ ।

कतार सरकारले काठमाडौंको महारजगञ्जस्थित कतार भिषा सेन्टर कार्यालय स्थापना गरिसकेको छ । तर नेपाल सरकारले अनुमति नदिएकाले कार्यालय सञ्चालनमा ल्याउन सकेको छैन । कतारले कतार भिषा सेन्टरको स्थापनाको थालनी नेपालबाट गरेको थियो ।

कतार सरकारले गरेको प्रस्ताव अनुसार नेपालीलाई भिषा उपलब्ध गराउने, स्वास्थ्य परिक्षण गर्ने फिङ्गर प्रिन्ट, मेडिकल लगाएतका सम्पूर्ण प्रक्रिया भिसा सेन्टरले नै गर्नेछ । कतारले आफूले कामदार ल्याउने सबै आठ मुलुकमा भिसा सेन्टर खोल्ने जनाएको छ ।

बङ्गालदेश र पाकिस्तानमा भने कतार भिषा सेन्टर सञ्चालनमा आईसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved