सामाजिक सुरक्षा योजनामा न्यून सहभागिता, आधा प्रतिशत पनि सुचिकृत भएनन्

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 01:57:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले एक महिनाअघि सुरु गरेको सामाजिक सुरक्षा कोषमा हालसम्ममा ४ सय ३६ रोजगारदाता मात्र सुचिकृत भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषले मंसिर ६ गतेबाटै कोषमा सूचिकृत हुन आग्रह गरेको थियो । 

सामाजिक सुरक्षा कोषले कार्तिक २६ गते राजपत्रमा सूचना जारी गरेको थियो । त्यस लगत्तै कोषले देशभर रहेका रोजगारदातालाई आफ्नो अनुकुल पर्ने प्रदेशमा तोकिएको मितिले ३ महिनाभित्र सूचिकृत हुन आग्रह गरेको थियो । कोषले दिएको जानकारी अनुसार हालसम्म ४ सय ३६ रोजगारदाता कोषमा सूचिकृत भैसकेका छन् । 

राष्ट्रिय आर्थिक गणना २०७५ ले देशभर ९ लाख २२ हजार प्रतिष्ठान रहेको उल्लेख गरेको छ ।  यी मध्ये हालसम्म सामाजिक सुरक्षा कोषमा ०.०४७२ प्रतिशत अर्थात ४ सय ३६ रोजगारदाता मात्र सुचिकृत भएका हुन् ।  । 

कोषले काठमाडौं उपत्यका भित्रका रोजगारदाता र सबै श्रमिक आपूर्तिकर्तालाई २०७५ मंसिर ६ गतेबाट कोषमा सूचिकृत हुन खुल्ला गरिएको थियो । साथै  काठमाडौँ उपत्यका बाहेकका प्रदेश नम्बर ३ का अन्य स्थानका रोजगारदाताले मंसिर १५ देखि ३ महिना भित्रमा, प्रदेश १ का रोजगारदाताले पुस १ देखि ३ महिना भित्रमा, प्रदेश २ का रोजगारदाताले पुस १५ देखि ३ महिना भित्रमा सुचिकृत गराउनु पर्ने छ । त्यस्तै गण्डकी प्रदेश र प्रदेश ५ का रोजगारदाताले माघ १ देखि ३ महिना भित्रमा, र कर्णाली तथा सुदूरपश्चिमका रोजगारदाताले माघ १५ देखि ३ महिना भित्रमा सुचिकृत गराउनु पर्ने छ । 

रोजगारदाता सूचिकृत भएको मितिले ३ महिनाभित्रमा रोजगारदाताले सामाजिक सुरक्षा कोषमा आफ्नो कामदारलाई पनि सूचिकृत गराउनुपर्ने हुन्छ । कोषमा सूचिकृत भएका रोजगारदाता अन्तर्गत रहेका श्रमिकहरुले मात्र यस योजना अन्तर्गत रहेको सुविधा उपभोग गर्न पाउनेछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved