वैदेशिक रोजगार कार्यालयबाट सात विचौलिया पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 03:48:11 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई नियन्त्रणमा लिएको छ । 

श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मङ्गलटारका ३७ वर्षीय दिपु शाह र कोशीपारिका ३५ वर्षीय गणेश तामाङ रहेका छन् । 

त्यस्तै भक्तपुर बोडेका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङको पट्यारीका २४ वर्षीय पुजन राई, बाफलका २० वर्षीय विकल शाही र २६ वर्षीय राजेश तामाङलाई पनि सेवाग्राहीलाई सास्ती दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले यसअघि पनि सोही कार्यालयबाट सेवाग्राहीलाई सास्ती दिँदै आएका विचौलियालाई नियन्त्रणमा लिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालय सम्हालेलगत्तै श्रम कार्यालयललाई विचौलियामुक्त पार्ने अभियान सञ्चालन गरेका थिए । उनकै सक्रियतामा गृहमन्त्रालयले प्रहरीको एक युनिट श्रम कार्यालयमा खटाएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved