अबदेखि पोखराबाट पनि पुन : श्रम स्वीकृती

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 05:55:15 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशले पुष २६ गतेबाट पुन श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै तयारी पुरा भैसकेकोले बिहिबारदेखि पोखराबाट सेवा प्रदान गर्न लागेको जानकारी दिएको हो । सेवाग्राहीले पोखराबाटै नयाँ श्रम स्वीकृति, पुन श्रम स्वीकृति तथा वैदेशीक रोजगार सम्बन्धि सेवा लिन पाउनेछन् । 

मन्त्रालयका अनुसार सबै प्रदेशबाट प्रदान गरीने श्रम स्वीकृति सेवामा अनलाईन टोकन प्रणाली लागू गरिनेछ । सेवाग्रहीको सहजतालाई मध्यनजर गर्दै सरकारले प्रदेशबाट सेवा सूचारु गरेको हो । पुष १५ गतेबाटै सम्पूर्ण प्रदेशबाट श्रम स्वीकृति सेवा सुचारु गर्ने भनिएता पनि तयारीको अभावले गर्दा प्रदेश नं.२ र प्रदेश नं. ५ बाट मात्रै सोही दिनबाट सेवा सुचारु भएको थियो । यस अघि काठमाडौंको ताहाचलबाट मात्रै श्रम स्वीकृति सम्बन्धि सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved