अब सरकारले दिनेछ काम वा भत्ता, सबै स्थानीय तहमा कर्मचारी माग

भावना लामा

भावना लामा

Jan 18, 2019 | 08:54:37 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सरकारले हरेक स्थानीय तहमा रोजगार संयोजकको नियुक्ति गर्ने प्रर्किया सुरु गरेको छ । श्रम मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आज एक सूचना जारि गर्दै ७५३ वटै स्थानीय तहको लागि कर्मचारी माग गरेको हो ।  कार्यक्रमले शाखा अधिकृत सरहका ७०५ जना र नायव सुब्बा सरहका ४८ जना गरी कुल ७५३ जना कर्मचारी माग गरेको हो ।

कार्यक्रमले माघ ४ गतेको मितिले १५ दिनभित्र मन्त्रालयले जारी गरेको अनलाईन मार्फत फारम भर्नु पर्ने छ । रोजगार सेवा केन्द्रको रोजगार संयोजकको लागी आवेदन दिन न्यूनतम शैक्षिक योग्यता प्रविणता तह वा सो सरहको रहनुपर्नेछ । निवेदकले आफू कुन ठाउँमा रहेर काम गर्ने हो फारममा छनौट गर्न पाउनेछन् ।  रोजगार संयोजकको भर्ना भने अस्थायी दरबन्दी रहने मन्त्रालयले जनाएको छ । आवेदक कम्प्युटरमा दक्ष हुनु पर्ने उल्लेख छ  ।

कर्मचारी नियुक्तपछि प्रधानमन्त्री रोजगार कार्यक्रमले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्नेछ। प्रत्येक केन्द्रमा सूचना व्यवस्थापन प्रणाली हुनेछ। उक्त प्रणालीले श्रमिकको आवश्यकता रहेको क्षेत्र पहिचान गरि सोहि अनुसार वेरोजगारी दर्ताको लागी सूचना प्रकाशन गर्नेछ।  

सरकारले यस कार्यक्रम अन्तर्गत एक बर्षमा न्यूनतम सय दिन काम नपाएकालाई रोजगार दिन लागेको हो ।  एक बर्षमा न्यूनतम एक सय दिनसम्म पनि काम दिलाउन नसकेमा मात्र सरकारले बेरोजगार भत्ता प्रदान गर्नेछ। बेरोजगारी भत्ता प्राप्त गर्नेको हकमा सय दिन बराबरको आधा रकम हुनेछ। सरकारले एक परिवार बापत बार्षिक २५ हजारको दरले वेरोजगारी भत्ता तोकेको छ । यसको लागी उक्त परिवारको कुनै पनि सदस्यले सरकारी कोषको रकम नपाएको, सरकारले तोकेको न्यूनतम पारिश्रमिक नलिएको, खेतिपाति गरेर खान नपुग्ने अवस्थाको हुनुपर्नेछ। एक परिवार बापत एक जनाले मात्र निर्वाह भत्ता प्राप्त गर्न सक्छ । परिवारको कुन सदस्यको नाममा निर्वाह भत्ता दिने हो भनी मञ्जुरी पत्र तयार गरेर मात्र रोजगार सेवा केन्द्रले निर्वाहभत्ता प्रदान गर्दछ ।  




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved