प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2019 | 05:45:58 PM मा प्रकाशित

laxmi  sunrise bank
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने भएको छ  । सरकारले उक्त कार्यक्रमका लागि  ३  अर्ब १० करोड रुपैया बजेट  छुटाएको मन्त्रालयले जनाएको छ । 

चालू आर्थिक बर्षको नीति तथा कार्यक्रममा  समावेश भएको उक्त कार्यक्रम यसै वर्षबाट  शुरु गरिने भएको हो । सरकारले रोजगारी हकसम्बन्धी ऐन निर्माण गरिसकेको छ । कुनै पनि नेपाली बाध्यात्मक स्थितिवाहेक रोजगारीका लागि विदेश जानु नपर्ने गरी तयारी भइरहेको मन्त्रालयका सचिव महेश दाहालले बताएका छन् । 

कार्यक्रम शुरु भएलगत्तै देशका ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र खुल्नेछ । सो केन्द्रको लागि माघ ४ गतेबाट  करारमा एक जना कर्मचारी भर्ना प्रक्रिया पनि अगाडि बढेको मन्त्रालयले जानकारी दिएको छ । 

केन्द्रले बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने, बेरोजगार सीप र तालीम दिएर रोजगार बनाउने अवसर प्रदान गर्नेछ । 
यस सम्बन्धमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ दुलालले विगतमा पनि यस्ता कार्यक्रम आएको तर व्यवहारमा सफल नभएको बताउँदै यो कार्यक्रमलाई सबैले सफल पार्न जोड दिनुपर्ने बताए । मन्त्रालयले  प्रदेश र स्थानीय तहका प्रतिनिधिसँगसमेत छलफल गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved