नेपालीको कोरिया मोह, चार लाखले दिए भाषा परीक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 04:37:54 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशीक रोजगारीमा जाने नेपालीको रोजाईको गन्तव्य दक्षिण कोरिया हो । अन्य गन्तव्य स्थलको तुलनामा राम्रो कमाई हुने र थोरै खर्चमा जान पाउने भएकोले पनि नेपालीहरुको कोरिया जान मरिहत्ते गर्छन् । नेपाल सरकार र कोरिया सरकारबीचको श्रम सम्झौतामा कामदार पठाउने भएर पनि केही हदसम्म विश्वसनीय मानिन्छ कोरिया । 

नेपाल र कोरियाबीच २०६४ साल ‘ सन् २००७’ मा द्धिपक्षिय श्रम सम्झौता भएको थियो । सम्झौताको दोस्रो बर्षबाट नेपाली कामदार कोरिया जान थालेका हुन् । सुरुको बर्षमा भाषा परिक्षामा ३१ हजार पाँच सय जना सामेल भएका थिए ।  १० बर्षको समयावधिमा ४ लाख ८३ हजार ४९ जना नेपाली कोरियन भाषा परिक्षामा सामेल भएको इपिएस कोरिया शाखाको तथ्याङकले देखाउँछ । 

कोरिया रोजगारी खुलेको सुरुवाती बर्षमा सहभागीमध्ये ६ हजार ७ सय जनाले भाषा पास गरेका थिए । जसमध्ये ६ हजार ५ सय जनाले आवेदन भरेकोमा २ हजार ८ सय जना मात्रै कोरिया पुगे । २०६५ सालबाट सुरु भएको कोरिया भाषा परिक्षामा सामेल हुने परिक्षार्थीको संख्या बर्षेनी बढ्दै गएको छ । 

२०७० मा भने केहि संख्या घटेको देखिन्छ । गत बर्ष ८२ हजार दुई सय जनाले भाषा परिक्षा दिएकोमा सात हजार नौ सय ९६ जना मात्र उत्तिर्ण भएका थिए । २०७५ सालसम्म आईपुग्दा चार लाख ८३ हजार नेपाली युवा कोरियन भाषा परिक्षामा सामेल भएका छन् । यीमध्ये ७० हजार चार सय जना उत्तिर्ण भएका छन् । जसमध्ये ६९ हजारले रोजगारीको लागी आवेदन पेश गरेकोमा ५८ हजार सात सय जना मात्र रोजगारीको लागी कोरिया गएको ईपिएस नेपालको तथ्याङकमा उल्लेख छ । 

समग्रमा हेर्दा बर्षेनी ४८ हजार नेपाली युवा कोरिया रोजगारीमा जानको लागी तयारी गरिरहेको पाईन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved