कोरिया रोजगारी: आत्महत्या बढ्दो, मृत्युको कारण नखुल्ने धेरै

भावना लामा

भावना लामा

Jan 23, 2019 | 05:07:16 PM मा प्रकाशित

laxmi  sunrise bank

विगत १० बर्षदेखि नेपाली युवाहरु ईपिएस प्रणालीको माध्यमबाट कोरिया रोजगारीमा जाने गरेका छन् । अन्य गन्तव्य मुलुकको तुलनामा कोरियाले आकर्षित पारिश्रमिक दिने भएकोले पनि नेपाली युवाहरु कोरियाको रोजगारीमा बढी आकर्षित भएका हुन् । नेपाल सरकार र कोरिया सरकारबिच २०६४ सालमा द्धिपक्षीय श्रम सम्झौता भएपछि नेपालबाट रोजगारीको लागी कोरिया जान थालेका हुन् । २०६५ सालदेखि हालसम्म ५८ हजार ७ सय ९ जना नेपाली कामदारको रुपमा कोरिया गएका छन् ।

कोरिया पुगेका मध्ये ९४ जनाले कोरिया मै ज्यान गुमाएको ईपिएस नेपाल शाखाको तथ्याङ्कले देखाउँछ ।

कोरियामा विभिन्न कारणले नेपालीको मृत्यु हुने गरेको छ । जसमध्ये आत्महत्या गर्नेको संख्या धेरै छ । आत्महत्या, सडक दुर्घटना, कार्यस्थलमा हुने दुर्घटना, सुतेको अवस्थामै मृत्यु लगाएत कारणले नेपालीहरुको मृत्यु हुने गरेको पाईएको छ । जसमध्ये २० जना नेपालीहरुले आत्महत्या गरेको र २२ जनाको सुतेको अवस्थामै मृत्यु भएको ईपिएस शाखाले जानकारी दिएको छ । २ जनाको स्वभाविक मृत्यु, ८ जना सडक दुर्घटनामा परेको, १२ जनाले कार्यस्थलमै ज्यान गुमाएको र २ जनाको भने साथी साथीबिचको झगडामा मृत्यु भएको ईपिएस शाखाले जनाएको छ । २८ जनाको मृत्युमा भने कुनै कारण नखुलेको शाखाको तथ्याङ्कमा उल्लेख छ । 

मृतकको परिवारले के क्षतिपूर्ति पाउँछन् ?

कार्यस्थलमा मृत्यु भएका मृतकको परिवारलाई रोजगारदाताले नै क्षतिपूर्ति दिने गरेको ईपिएस नेपाल शाखाका सूचना अधिकारी शोभाकर भण्डारी बताउछन् । रोजगारदाताले प्रदान गर्ने क्षतिपूर्ति ४० देखि ७० लाख रुपैयाँ रहेको छ । तर कस्तो खालको दुर्घटनामा कति क्षतिपूति दिन्छ त्यसबारे भने औपचारीक जानकारी नरहेको उनको भनाई छ । अन्य कारणले मृत्यु भएका मृतकको परिवारले भने विमा मार्फत क्षतिपूर्ति पाउने उनी बताउँछन् । कोरिया जानुपूर्व प्रत्येकले अनिवार्य विमा गर्नुपर्ने हुन्छ । ३५ बर्षभन्दा कम उमेरकाले ५ हजार ४ सय ३८ रुपैयाँ र ३५ बर्षभन्दा माथिकाले ७ हजार ७ सय ५८ रुपैयाँ बुझाएर विमा कम्पनिमा वैदेशिक रोजगार म्यादी विमा गर्नुपर्ने हुन्छ । विमाको समयावधि भने ५ बर्ष ६ महिना रह्न्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved