रोजगार संयोजक बन्न २४ हजारको आबेदन, हस्ताक्षर प्रमाणित नभएकालाई समय थप

भावना लामा

भावना लामा

Feb 01, 2019 | 07:48:29 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकको रिक्त पदमा दरखास्त दिने समय आज (माघ १८) अपरान्ह समाप्त भएको छ। यहि माघ ४ गतेदेखि खुला गरिएको आबेदनमा आज अन्तिम समयसम्ममा २३ हजार ९६८ जनाले आबेदन दिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयकाअनुसार दरखास्त दिने अन्तिम समयसीमा ५ बजे तोकिएकोमा प्राविधिक कारणवश अनलाइन दरखास्त प्रणाली आधा घण्टा अवरुद्ध भएकाले आधा घण्टा समय थप गरि अन्तिम समयसिमा साढे ५ बजेसम्म कायम गरिएको हो। 

अन्तिमसमयसम्म परेको कुल आबेदनमा प्रदेश ३ बाट सबैभन्दा बढी आबेदन परेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशबाट आबेदन परेको छ।  प्रदेश १ बाट ३ हजार ६६५, प्रदेश २ बाट ३ हजार ६७१, प्रदेश ३ बाट ४ हजार ९९४, प्रदेश ४ बटा १ हजार ९५५, प्रदेश ५ बाट २ हजार ३०१, कर्णाली प्रदेशबाट ३ हजार ३७८ र सुदुरपश्चिम प्रदेशबाट ४ हजार ४ जनाले आबेदन दिएका छन। 

मोह सरकारी जागिरको, माग भन्दा ११ सय गुणा बढी आबेदन

प्राप्त कुल आबेदनमध्ये ५ हजार ८०५ जना आवेदकहरुले आफ्नो ईमेलमा गई आवेदन प्रमाणित नगरेको भेटिएको मन्त्रालयले जनाएको छ। यसरि प्रमाणित हुन नसकेका आबेदनहरुलाई प्रमाणित गर्नलाई भोलि (माघ १९) राति १२ बजेसम्म समय दिइएको छ। प्रमाणित नभएका आवेदकहरुको सूची वेभसाइटमा समेत प्रकाशित गरिएको छ। साथै सम्बन्धित आवेदकको मोबाइल नम्बर तथा ईमेल ठेगानामा समेत सोको जानकारी पठाइ सकिएको छ। थप गरिएको समय भित्र समेत प्रमाणित नहुने दरखास्तहरु स्वतः बदर हुनेछन्। 

प्राप्त दरखास्तहरुको तोकिएका मापदण्डहरुका आधारमा स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पदसंख्याको तीनगुणा बराबर आवेदकहरुको योग्यताक्रमको प्रारम्भिक सूची आजका मितिले १० दिनभित्र तयार गरी कम्प्युटर सीप परीक्षाका लागि मिति, समय र स्थान तोकी प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट www.pmep.gov.np मा सूचना सार्वजनिक हुने जनाइएको छ। सोको जानकारी योग्यताक्रमको प्रारम्भिक सूचीमा पर्ने उम्मेदवारहरुको मोबाइल नम्बरमा समेत पठाइनेछ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved