आइतबारदेखि उपसचिवको समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 09:55:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आइतबारदेखि संघ, प्रदेश र स्थानीय तहमा उपसचिव तहका कर्मचारीलाई समायोजन गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका उपसचिव तहका कर्मचारीलाई आइतबारदेखि समायोजनको पत्र दिइने बताए । 

फाराम भर्दा प्रयोग गरेको इमेल र राहदानीको आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले नै समायोजनको पत्र प्रिन्ट गरिने उनले जानकारी दिए । “अहिले उपसचिवको समायोजनको पत्र तयार हुँदैछ । आइतबारदेखि उपसचिवले आफ्नो समायोजनको पत्र आफैं मन्त्रालयको वेबसाइटमा गएर प्रिन्ट गरेर बुझ्नेछन् ।”

करिब दुई हजार उपसचिव तीनै तहमा समायोजन हुँदैछन् । यसअघि सरकारले पहिलो चरणमा सचिवलाई समायोजन गरिसकेको छ भने सहसचिवको समायोजनको लागि स्वीकृत गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पत्र पठाइएको छ । सरकारले तीनै तहमा समायोजनका गर्नका लागि गत पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो । उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने अधिकारीले बताए । सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनको आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved