बेरोजगारहरुलाई अब सरकारले नै दिनेछ काम, यस्तो छ प्रक्रिया

भावना लामा

भावना लामा

Feb 11, 2019 | 11:14:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई यही फागुन १ गतेबाट औपचारिक रुपमै सुरु गर्ने भएको छ । देशभरका ७ सय ५३ स्थानिय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी वेरोजगार युवालाई सरकारले रोजगारी दिने भएको हो ।

वेरोजगार भर्ना प्रक्रिया

सरकारले फागुनको अन्तिम हप्ताभित्रमा प्रत्येक स्थानिय तहको रोजगार केन्द्रमा १ जनाको दरले संयोजकको नियुक्ति गर्नेछ । तत्पश्चात संयोजकले उक्त स्थानिय तहमा रहेका वेरोजगारलाई लक्षित गरी चैत १ गतेबाट वेरोजगार भर्ना आवेदन खुल्ला गर्नेछन् । यसरी आवेदन खुल्ला गरेपछि प्रत्येक वेरोजगारले रोजगार सेवा केन्द्रमा आवेदन पेश गर्नुपर्ने हुन्छ । केन्द्रमा प्राप्त आवेदन मार्फत संयोजकले वेरोजगारको तथ्याङ्क संकलन गर्नेछन् । यसरी संकलन गरीएको विवरणलाई रोजगार सेवा केन्द्रले रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी सूचिकरण गर्नुपर्ने हुन्छ । वेरोजगारीको सूचिकरणसँगै रोजगार सेवा केन्द्रले प्रत्येक श्रमिकलाई बैंक खातासहितको लाभग्राही परिचयपत्रको पनि व्यवस्था गरिदिनेछ । वेरोजगार व्यक्ति भन्नाले एक आर्थिक बर्षमा न्यूनतम १ सय दिन रोजगारमा संलग्न नभएको वा सोहि अनुरुपको आय आर्जन गर्न नसक्ने व्यक्तिलाई जनाउँछ । १८ देखि ५९ बर्ष उमेर समुहका वेरोजगार नागरिकले आवेदन पेश गर्न पाउनेछन् ।

रोजगारीको सिर्जना

रोजगार केन्द्रले वेरोजगारीको तथ्याङ्क संकलनसँगै सम्भावित रोजगारतादासँग समन्वय गर्दछ । यस अन्तर्गत निजि सरकारी एवम गैरसरकारी क्षेत्रसँग समेत सहकार्य हुनेछ । साथै व्यावसायिक तथा सीप विकास तालिम, रोजगारीका लागी स्थानीय सम्भावनाको खोजी, तालिम प्रदायक निकायहरुको संस्थागत क्षमता विकास र संस्थाहरुबिच समन्वय गर्दछ ।

यसका साथै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीका संभावित क्षेत्रहरुलाई पनि समेटिएको छ । जस अन्तर्गत, कृषि, सहकारी तथा पशु विकास, उर्जा,सिंचाई तथा नदी नियन्त्रण,खानेपानी तथा सरसफाई, वन तथा वातावरणलाई पनि रोजगारी सिर्जजनाका सम्भावित क्षेत्रमा राखिएको छ । यसका साथै पर्यटन प्रवद्र्धन, सडक यातायात, शिक्षा, युवा तथा खेलकुद, पुननिर्माण, सामुदायिक पूर्वाधार निर्माण, ठूला तथा राष्ट्रिय गौरवका आयोजना, सूचना तथा संचार प्रविधि साथै उद्योग र स्वास्थ्य क्षेत्रमा पनि रोजजगार केन्द्रले रोजगारीको लागी समन्वय गर्दछ ।

रोजगारी प्राप्त गर्ने प्रक्रिया

रोजगार सेवा केन्द्रले समन्वय गरेका क्षेत्रहरुले आवश्यक श्रमिक रोजगार केन्द्रमा माग गर्दछ । सोहि माग बमोजिम रोजगार सेवा केन्द्रले श्रमिकलाई लाभग्राही परिचयपत्र सहित काम गर्न पठाउँछ । यसरी सेवा केन्द्रले काम गर्न पठाएको ठाउँमा काम गरेवापत रोजगारदाताले श्रमिकको बैंक खातामा पारिश्रमिक जम्मा गरिदिने व्यवस्था रहेको छ ।

एक बर्षमा न्युनतम १ सय दिन पनि काम दिन नसके सरकारले त्यस्ता बेरोजगारीहरुलाई बेरोजगार भत्ता प्रदान गर्ने छ ।

अब बेरोजगारलाई काम वा भत्ता, चैत्र १ देखि आवेदन खुल्दै


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved