रोजगार संयोजक पदको लागि २२ सय जना छनौट (सबै प्रदेशको नतिजा सहित)

भावना लामा

भावना लामा

Feb 12, 2019 | 08:39:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्थानीय तहमा रोजगार संयोजक पदको चयनको लागि प्रारम्भिक उम्मेद्वारहरुको सुची सार्बजनिक गरेको छ  । श्रम मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आवेदन दिएका २३ हजार ९ सय ६८ जनाबाट २ हजार २ सय ६२ जनालाई प्रारम्भिक सुचिमा राखेको हो  । प्रारम्भिक सुचीमा परेका हरुको अब कम्युटर मार्फत सिप परिक्षण हुने कार्यालयले जनाएको छ । 

परिक्षाको लागि प्रवेश पत्र, पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपि, शैशिक योग्यताको प्रमाण पत्र, अनुभवको प्रमाण पत्रको प्रतिलिपि लिएर जानु पर्ने छ । परिक्षा फागुन ११ र १२ गते हुनेछ ।




रोजगार संयोजकमा भर्ना हुने संयोजकलाई अस्थाई कर्मचारी सरह सरकारी सेवा सुविधा र स्थानिय तहको भत्ता दिईने मन्त्रालयले जनाएको छ । संयोजकले महिनामा २६ दिन काम गर्नुपर्ने छ । साथै प्रसुति विदा, किरिया बिदा र घर विदाको व्यवस्था समेत रहेको छ । रोजगार संयोजकको कार्यालय भने गाउँपालिका वा नगरपालिकाको कार्यालयमा रहनेछ । 

  
सबै स्थानिय तहको लागी रोजगार संयोजक छनौट पश्चात डेढ महिनाभित्रै स्थानिय तहमा खटाउने मन्त्रालयले जानकारी दिएको छ । संयोजकले वेरोजागारीको संख्या संकलन गर्नुपर्नेछ । भर्ना भएका वेरोजगारलाई कम्तीमा वार्षिक सय दिन रोजगारी प्रदान गरिनेछ ।

हेर्नुस प्रदेश गत तयार पारिएको प्रारम्भिक छनौटको नतिजा ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved