कोरियाले यस बर्ष साढे १० हजार कामदार लैजाने, परीक्षाको लागि फारम भर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 11:42:51 AM मा प्रकाशित

laxmi  sunrise bank

कामदारको रुपमा कोरिया जान चाहनेले आगामी चैत्र ८ गतेदेखि भाषा परीक्षा फारम भर्न पाउने भएका छन् । ईपीएस कोरिया शाखाले चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने मिति तय गरेको हो । परीक्षा २०७६ भने जेठ २५ र २६ गते सञ्चालन हुने  छ । कोरियाले यस बर्ष १० हजार ५ सय कामदार लैजाने भएको छ । 

आवेदन फारम भर्दा आफुले आफुले परीक्षा दिन चाहेको केन्द्र पनि तोक्नु पर्ने छ  । तर पोखराको हकमा भने पहिलो आउने १२ हजारले मात्र आवेदन फारम भर्न सक्ने शाखाले जनाएको छ  । आवेदन दर्ता गर्नका लागि eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्नेछ । परीक्षा शुल्क २४ डलर तोकिएको छ । 

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

हेर्नुस शाखाको सूचना :




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved