रोजगारको संयोजकका लागि ३ हजार बढीको आबेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2019 | 04:32:13 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहमा रोजगार संयोजकका लागी तीन हजार बढीको आवेदन परेको छ । सरकारले दोस्रो चरणमा फागुन ३० देखि चैत १० गते भित्र २६८ स्थानीय तहका लागी माग गरेको आवेदनमा पाँच दिनमै ३ हजार ३५५ जनाको आवेदन परेको छ । 

अघिल्लो पटक खुलाएको आवेदनमा शाखा अधिकृत सरहका ७०५ जना र नायव सुब्बा सरहका ४८ जना गरि कुल ७ सय ५३ जना कर्मचारीको माग गरिएको थियो । जस अन्तर्गत ४ सय ८५ स्थानिय तहमा मात्र रोजगार संयोजकको पदपूर्ति भएको हो । बाँकी स्थानिय तहको लागी मन्त्रालयले पुन शाखा अधिकृत सरह २४९ र नायव सुब्बातर्फ १९ जना माग गरेको छ । 

अघिल्लो पटक माघ ४ गते खुलाएको आवेदनमा २४ हजार आवेदन परेको थियो । माघ ४ गतेको खुलाएको आवेदनको अन्तिम नतिजा भने फागुन १३ गते नै सार्वजनिक भईसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved