इपिएस कोरियन भाषा परिक्षाको फर्म भर्न ३०० घुस !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2019 | 11:43:09 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरियन भाषा परिक्षाको आबेदन फारम भर्नलाई 'डिजिटल खेताला' को प्रयोग भएको पाइएको छ। व्यक्ति स्वयमले ग्लोबल आईएमई बैंकको अनलाइन तथा आईएमई–पे र ई–सेवामार्फत रकम भुक्तानी गरि अनलाइन मार्फत फारम भर्न सक्ने भएपनि केहि युवाहरुले थप पैसा तिरेर अरुलाई नै फर्म भर्न लगाएको भेटिएको छ।

सरकारले अनलाइन मार्फत कोरियन भाषा परिक्षाको आबेदन फारम भर्ने व्यवस्था गरेपनि केहि युवाहरुले प्रबिधिमा पहुँच नहुँदा बिचौलियाको प्रयोग गरेर फारम भरेका छन। भाषा परिक्षा शुल्क बापत लाग्ने २४ डलर अर्थात २७०० रुपैयाँ इसेवाबाट तिरेर अनलाइन मार्फत फारम मिल्ने भएपनि केहि युवाले ३ हजार तिरेर अरुलाई नै फर्म भर्न लगाएका छन। 

केहि संस्थाहरुले इसेवा मार्फत कोरियन भाषा परिक्षाको शुल्क तिर्नलाई परीक्षार्थीबाट २७०० रुपैयाँ असुल गरेको बिजपाटीको स्थलगत अध्ययनमा खुल्न आएको हो। परीक्षार्थीले आफुहरुसंग अनलाइनबाट शुल्क तिर्ने ज्ञान नहुँदा ३०० रुपैयाँ बढी तिरेर भएपनि अनलाइन मार्फत नै शुल्क भुक्तानी गरि फारम भर्न बाध्य भएको प्रतिकृया दिएका छन। 

एक परीक्षार्थीले आफुहरु करिब १०० भन्दा बढी साथीभाईहरुले बिभिन्न संस्था मार्फत यसरि नै ३०० रुपैयाँ शुल्क बढी तिरेर इसेवा मार्फत फारम भरेको बताए। इपिएस शाखाका एक अधिकारिले बजारमा अनलाइन मार्फत फारम भर्न ३०० बढी शुल्क तिरेको सुन्नमा आएको बताएका छन। तर यसबारे  औपचारिक जानकारी नआएको उनको भनाई छ। भाषा परिक्षाको लागि व्यक्ति स्वयमले इसेवा मार्फत २४ डलर अर्थात २७०० नेपाली रुपैयाँ तिरेर अनलाइनबाटै फारम भर्ने व्यवस्था छ।  

शुक्रबार चैत ८ देखि खुला गरिएको प्रथम चरणको कोरियाली भाषा परिक्षामा आइतबार (दिउँसो) ४ बजेसम्म करिब ६२ हजारले आबेदन दिएका छन। जसमा अनलाइन मार्फत आबेदन दिने बढी छन, त्यसमा पनि इसेवाको प्रयोग गरि अनलाइन मार्फत शुल्क भुक्तान गरि फारम भर्नेको संख्या बढी छ।  

विगतका वर्षहरुमा आवेदन तथा शुल्क भुक्तानीका लागि निकै लामो लाइन हुने गरेपनि यसवर्ष अनलाइनबाट आवेदन तथा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। यद्दपी सुरुमै आबेदन दिए अगाडी नै जान पाइने भ्रम पालेका युवा जमातहरु अझै पनि रातभर लाइन लागेर समेत  आबेदन दिईरहेका छन। 

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने हुन्छ। पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ।

अठार वर्ष पूराभई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९÷ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्नेछन।

कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन हुनेछ।

यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही सङ्ख्यामा वृद्धि भएको छ । सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत् आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ।      


      

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved