अप्रिलबाट जापानले नेपाली कामदार लैजाने, यस्ता छन् मापदण्ड र सुविधा

भावना लामा

भावना लामा

Mar 25, 2019 | 05:34:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीहरु वैदेशीक रोजगारीको लागी जापान जान पाउने भएका छन् । नेपाल–जापानबीच ‘सहयोग समझदारी’ पत्रमा हस्ताक्षर भएसँगै आगामी अप्रिलबाट नेपालीहरु कामदारको रुपमा जापान जान पाउने भएका हुन् । जापानले कोरियाको जस्तै भाषा परीक्षाको माध्यमबाट नेपाली कामदार लैजाने छ । 

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले नेपाल–जापानबीच भएको सहमतिले नेपाली श्रमिकलाई सुरक्षित, मर्यादित र व्यवस्थित रोजगारी प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त तरे । उनले भने,‘जापानले कामदार लैजान दक्षिण एसियाबाट नेपाललाई मात्रै रोजेको छ, दक्ष जनशक्ति उत्पादन गरि जापान पठाउने सरकारको प्रयास रहनेछ ।’ 

कस्ता कामदार जान पाउँछन् ?

दुई देशबीच भएको ‘स्पेसिफिक स्किल्ड वर्कर’ सम्झौता अन्तर्गत कामदारलाई पहिलो र दोस्रो वर्गमा विभाजन गरिनेछ । पहिलो वर्गमा परेका कामदारहरु पाँच वर्ष जापान बस्न पाउनेछन् । यसका लागी उनीहरुमा सीप वा सम्बन्धित कार्य क्षेत्रमा अनुभव हुनुपर्नेछ । 

दोस्रो वर्गमा परेका कामदारहरुक लागी भने उच्च तहको सीप आवश्यक पर्नेछ । यो वर्गमा परेका श्रमीकहरुले कार्य अवधि थप गर्न र परिवारलाई पनि आफूसँगै जापान लैजान पाउने छन् । 

कुन–कुन क्षेत्रमा जान पाइन्छ ?

आउँदो अप्रिल १ बाट जापानले नेपालसहित चीन, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाईल्यान्ड, म्यानमार, कम्बोडिया र मंगोलियाबाट कामदार लैजादैछ । यी देशहरुबाट जापानले १४ वटा क्षेत्रका लागी कामदार लैजान लागेको हो । 

जापानले कृषि, नर्सिङ, सवारी साधन मर्मत, खाद्य सेवा उद्योग, माछा पालन उद्योग, औद्योगीक उपकरण उद्योग, ईलेक्ट्रिक, ईलेक्टोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाई र व्यवस्थापन, जहाज पार्टपूर्जा उद्योग एंव हवाई उद्योगमा काम गर्न विदेशी कामदार लिन लागेको हो । जापानले पहिलो पाँच बर्ष यी नौ देशबाट तीन लाख ४५ हजार कामदार लाने जनाएको छ । 

योग्यता कति ?

जापान जान चाहने नेपालीले जापानिज भाषा परीक्षा अनिवार्य उत्तिर्ण गर्नुपर्नेछ । भाषा परीक्षासँगै सीप परीक्षा पनि पास गर्नेले मात्रै जान पाउनेछन् । भाषा र सीप परिक्षा सञ्चालन गर्ने संयन्त्र भने टुङ्गो लागी सकेको छैन । 

यसरी कामदारको रुपमा जाने नेपालीले जापानी नागरिक सरहको सेवा सुविधा पाउनेछन् । एउटै कार्य क्षेत्र रोजगारदाता पनि परिवर्तन गर्न पाउने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved