एउटा रोजगार संयोजकलाई ३ लाख बढी खर्च !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2019 | 05:56:33 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्नको लागि आवश्यक पर्ने बजेट सबै स्थानीय तहमा पठाएको जनाएको छ । श्रम मन्त्रालयले सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहलाई तोकिएको शिर्षकमा खर्च गर्ने ब्यबस्था मिलाउन समेत निर्देशन दिएको छ ।  

मन्त्रालयले स्थानीय तहले गर्नु पर्ने भन्दा बाहेकको खर्चको लागि बजेट पठाएको हो । मन्त्रालयले पुँजीगत समान खरिद र कार्यक्रमको समन्वयको लागि गरि कुल 

२२ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयले जारी गरेको सूचनामा पूँजीगत सामान खरिद र कार्यक्रमको समन्वय, सहकार्य, कार्यशाला र बैठक शीर्षकमा बजेट खर्च गर्न पाईनेछ । जस अन्तर्गत प्रत्येक स्थानीय तहमा ३ लाख २ हजार बरारबको बजेट गएको छ । मन्त्रालयले जारी गरेको सूचनामा खर्च गर्न विविध विषयहरु तोकिएको छ । जस अन्तर्गत रोजगार संयोजकको पारिश्रमिक, भत्ता, कार्यक्रम खर्च, विविध,अनुगमन र कार्यालय सञ्चालन गरी ६ वटा शीर्षकहरु रहेका छन् ।

संयोजकको तलव मन्त्रालयले नै दिने छ भने भत्ता स्थानीय तहले ब्यबस्था गर्नु पर्ने छ । त्यस्तै विविध, अनुगमन र कार्यालय संचालनको लागि आवश्यक बजेट पनि मन्त्रालयले बिनियोजन गर्ने छ ।  कार्यक्रमको लागि मन्त्रालयले ३ अर्ब १० करोडको बजेट बिनियोजन भई सकेको छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved