श्रम मन्त्रालयमा खुल्यो कल सेन्टर, निशुल्क फोन गरेर सहयोग लिन सकिने

भावना लामा

भावना लामा

Apr 01, 2019 | 02:11:07 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कल सेन्टरको स्थापना गरेको छ । मन्त्री गोकर्ण बिष्टले सोमबार कल सेन्टरको औपचारिक उद्घाटन गरेका हुन् । वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो र समस्या सुन्न र त्यसको समाधान मन्त्रालयले कल सेन्टरको स्थापना गरेको हो ।

वैदेशिक रोजगार बोर्डको व्यवस्थापनामा कल सेन्टर सुरु भएको हो  । कल सेन्टर बिहान ७ बजेदेखो बेलुकी ९ बजेसम्म संचालन हुने छ । स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, वैदेशिक रोजगार बोर्ड सम्बन्धि जानकारी लिन, सुझाव दिन र गुनासो गर्न सक्ने छन्  ।  त्यस्तै मन्त्रालय र   मातहतका निकायहरूका सेवा, कार्यक्रमहरूबारे पनि जानकारी लिन सकिने छ  । 

फोन, इमेल, इमो भाइवर लगायतबाट सेवाग्राहीले आफ्ना सुझाव, गुनासो वा जानकारी लिन सक्नेछन् ।  गुनासो वा सुझावको सुनुवाई भए÷नभएको अनुगमन पनि मन्त्रालयले गर्ने छ  । 

नेपालमा रहेका सेवाग्राहीले ११४१ नम्बरमा नम्बरमा कल गर्न सक्ने छन् । नेपाल टेलिकमका ग्राहकले यसमा कल गर्दा पैसा लाग्ने छैन  । अन्य प्रयोगकर्ताको लागि पनि यो नम्बरमा कल  गर्दा पैसा नलाग्ने ब्यबस्था छिट्टै गरिने बोर्डले जनाएको छ । विदेशमा हुनेले ९७७ – १–५९७०००८ मार्फत  फोन गरेर गुनासो वा जानकारी लिन सक्नेछन् । बिदेसबाट कल गर्दा भने पैसा लाग्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved