कहाँ पुग्यो जापान रोजगारीको प्रक्रिया ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2019 | 06:36:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाली कामदार जापान पठाउनको लागी छुट्टै शाखा खोल्ने तयारी गरेको छ । नेपाल र जापानबीच भएको श्रम सम्झौता पछि अफ्रिल १ बाट जापान रोजगारी खुलेको हो । 

द्धिपक्षिय श्रम सम्झौता भएपनि कामदार पठाउने संयन्त्र, जापान जाँदा लाग्ने लागत लगाएत कुराहरु भने टुङ्गो लागीसकेको थिएन । यसको लागी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छुट्टै प्राविधिक टोली गठन गर्ने भनेको थियो । जस अन्तर्गत नेपाली कामदार जापान पठाउन छुट्टै शाखा खोल्ने तयारी भैरहेको मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिएका छन् ।

साथै लागत र कुन संयन्त्र मार्फत पठाउने भन्ने विषयमा भने प्राविधिक टोलीले अध्ययन गर्नेछ । मन्त्रालयले प्राविधिक टोली गठनका लागी छलफल भईरहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved