मलेशियामा बस दुर्घटना, नेपाली सहित ११ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2019 | 11:46:10 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेशियामा भएको बस दुर्घटनामा परी २ नेपाली कामदार सहित ११ जनाको मृत्यु भएको छ । ४४ जना यात्रु बोकेर हिँडेको बस मलेसियाको क्वालालामपुर विमानस्थल नजिकै सेपाअङमा नालीमा खसेर दुर्घटना भएको हो । आइतबार बेलुका भएको उक्त दुर्घटनामा दुई नेपालीसहित पाँच जना बंगलादेशी, तीन जना इण्डोनेसियन र एक मलेसियन नागरिकको ज्यान गएको हो । मलेसियन नागरिक बसका चालक रहेको बताइएको छ  । मृत्यु हुने नेपालीमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु रहेका छन् ।  

बसमा १४ जना नेपाली, १२ जना बंगलादेशी र १४ जना इण्डोनेसियन र दुई जना मलेसियन नागरिक गरी ४४ जना यात्रु रहेको बताईएको छ   ।  दुर्घटनामा ३३ जना घाइते भएका छन् । जस मध्ये नेपालीहरु पनि रहेका छन् । ३ जना नेपाली घाइतेको अवस्था गम्भीर रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved