उच्चस्तरीय ‘राष्ट्रिय रोजगार प्राधिकरण’ गठन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2019 | 09:24:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बार्षिक ५ लाख दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोगको १५ औं पञ्चवर्षीय योजनाको मस्यौदामा योजना अवधिभर बार्षिक ५ लाख जनशक्तिलाई व्यावसायीक, प्राविधिक र सीपमूलक तालिम प्रदान गरिने उल्लेख गरेको छ ।

हाल देशको रोजगारीमा औपचारीक क्षेत्रको हिस्सा ३६ दशमलब ५ प्रतिशत मात्र रहेको छ । १५ औं योजना अवधिमा त्यसलाई ५० प्रतिशत पुर्याउने उल्लेख छ । जसअन्तर्गत बार्षिक रुपमा ५ लाख दक्ष जनशक्ति उत्पादन हुनेछ । साथै स्थानिय निकायमा रोजगार सेवा केन्द्र स्थापना गरि संगठित क्षेत्रको रोजगारी प्रणालीमा समेत आबद्ध गराउने योजना रहेको छ । 

यस योजनाले उत्पादनशील र मर्यादित रोजगारीको अवसर बृद्धि गरि बेरोजगारी दरमा कमी ल्याउने सरकारले अपेक्षा लिएको छ । देशमा रहेको ११ दशमलव ४ प्रतिशत बेरोजगारीलाई घटाएर ६ प्रतिशतमा पुग्ने मस्यौदामा रहेको छ । योजनाको उद्धेश्य अनुसार देशभित्र उत्पादनशील र मर्यादित रोजगारका अवसर विस्तार गर्नु, असल औद्योगिक श्रम सम्बन्धमा बिकास, बालश्रम लगाएत सबै प्रकारका श्रम शोषणको अन्त्य र वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नु रहेको छ । 

त्यस्तै योजनामा स्थानीय तहदेखि रोजगार कार्यक्रमलाई विस्तार गरी न्यूातम रोजगारीको प्रत्याभूति गर्ने, विद्यमान श्रम तथा रोजगार सम्बन्धि कानुनहरुको प्रभावकारी कार्यन्वयन र सामाजिक संवादको माध्यमबाट असल औद्योगिक श्रम सम्बन्धको विकास गर्ने उल्लेख छ । यसको अलावामा राष्ट्रिय आवश्यकताका आधारमा तालिम र सीप विकासद्धारा श्रमिकको दक्षता अभिवृद्धि गर्ने, तीन तहका सरकारबीच रोजगारी सिर्जना र श्रम व्यवस्थापनमा प्रभावकारी समन्वय गर्ने र वैदेशिक रोजागरका चरणलाई सुरक्षित, शोषणमुक्त, मर्यादित र अधिकतम प्रतिफलदायक बनाउने योजनामा उल्लेख छ ।   

रोजगारी सिर्जना गर्न एवम् विभिन्न निकायसँग समन्वयन तथा रोजगारी सम्बन्धि कार्यको नियमन गर्न एक अधिकार सम्पन्न उच्चस्तरीय ‘राष्ट्रिय रोजगार प्राधिकरण’ गठन गरिने पनि योजनामा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved